पोखरा, २९ असार /पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक वर्ष २०७४÷७५ को लागि ४ अर्ब ३ करोड ८२ लाख ५३ हजार हुने भएको छ । महानगरका मेयर मानबहादुर जिसीले विहीबार नगर परिषदमा सो बजेट प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा सहकारी एवं वित्तीय संस्थाहरूको व्यवस्थापन यस्तो हुने प्रस्तुत गरे ।
-सहकारी संस्थाहरूलाई नियमन र व्यवस्थापन गरिनुका साथै बैंकहरूसँगको सहकार्यमा एक वडा एक बैंकको नीति मार्फत समृद्धिको यात्रा सहकारी र बैंकहरूसँगको सहयात्राको नारालाई सार्थक पारिनेछ ।
-दैनीक उपभोग्यवस्तु, कृषि, वन, मत्स्य तथा पशुजन्य पदार्थ उत्पादन, वितरण र विक्री गर्ने सहकारीलाई विशेष छुट तथा अनुदानको व्यवस्था गरिनुका साथै प्रमुख बस्तीहरूमा सुपथ मूल्यका सहकारी पसल सञ्चालन गर्न प्रोत्साहन गरिने छ ।
-नागरिकहरूलाई उत्पादन कार्य र आयआर्जनमा सहभागी बनाउन परम्परागत ज्ञान तथासिपमा आधारित स्थानीय कुटिर उद्योग, लघु उद्यम, साना सेवा वा व्यवसाय सञ्चालन गर्न वित्तीय संस्थासँगको समन्वयमा सरल र विनाधितो ऋणको व्यवस्थाकालागिपहल गरिने छ ।