पोखरामा कर सम्वन्धी प्रशिक्षण

पोखरा, ४ असार/रोट्याक्ट क्लव अफ पोखरा मिड टाउनको आयोजनामा पोखरामा १ दिने कर सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार पोखरा स्थित आन्तरीक राजश्व कार्यलयको सभाहलमा भएको प्रशिक्षण कार्यक्रममा आन्तरीक राजश्व कार्यालय पोखराका प्रमुख लेखनाथ शर्माले करको बारेमा सबैले वुझ्नु पर्ने र बुझेको कुरा सबैलाई सिकाउनु पर्नेमा जोड दिए ।

सोही कार्याक्रममा रोटरी क्लव अफ पोखरा मिड टाउनका अध्यक्ष हेमराज बराल, आगामी वर्षका अध्यक्ष महेन्द्र गोदार लगाएतले कर प्रणालीका बारेमा आफुपनि बझ्ने र अरुलाई पनि बुझाउनु पर्ने बताए ।

प्रशिक्षण कार्याक्रममा कर अधिकृत विजय प्रसाद लामिछानेले प्रशिक्षण गराएका थिए । रोट्याक्ट क्लव अफ पोखरा मिड टाउनका अध्यक्ष नवराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अनिल लामिछानेले गरेका थिए ।

कमेन्टहरु
Loading...