पोखरा, २५ जेठ/पोखरामा महिन्द्रा गाडीको तिनदिने एक्सचेन्ज क्याम्प शुक्रवारवाट सुरु भएको छ । महिन्द्राको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक विक्रेता वतास व्रदर्श प्रालिको आयोजनामा वुद्धचोकमा रहेको शोरुममा आयोजना गरिएको महिन्द्रा केयुभि १०० एक्सचेन्ज कार्यक्रममा पहिलो दिनमै ५ वटा गाडी वुकिङ्ग भएको वतास व्रदर्श प्रालि अन्र्तगत महिन्द्रा विभागका सेल्स मेनेजर पुष्पराज वरालले जानकारी दिए ।
एक्सचेन्ज अफरमा जुनसुकै पुरानो गाडीसँग नयाँ महिन्द्रा केयुभि १०० साटफेर गर्न सकिने कम्पनीले जनाएको छ । साथै ग्राहकहरुको लागि सहज फाईनान्सको सुविधा, नगद छुट एक्सचेन्ज वोनस तथा पुरानो गाडीको उचित मुल्याङकनको समेत सुविधा प्रदान गरिएको महिन्द्रा शोरुमका ईन्चार्ज विमल भण्डारीले वताए ।
एक्सचेन्ज कार्यक्रम शनिवारसम्म जारी रहने छ । नेपालमा महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि गु्रप रहेको छ ।