पोखरा, १६ वैशाख /ओम डेभलपमेन्ट बैंकले बुटवलमा ३१ औ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक रेवतीप्रसाद नेपाल तथा ब्रहमाकुमारी बिश्वबिधालय पश्चिमान्चलकी सहनिर्देशक ब्रहमाकुमारी कमला दिदीले संयुक्त रुपमा उद्द्घाटन गरेका थिए ।
उद्घाटन समारोहका अवसरमा बैकले लुम्बिनी बाणिज्य क्याम्पसमा पढ्ने एकजना अति बिपन्न विद्यार्थीको पठनपाठनको लागि छात्रवृत्ति घोषणा गरेको छ । प्रत्येक बर्ष क्याम्पसले सिफारिस गरेको विद्यार्थीलाई प्रदान गर्नेगरी उक्त सहयोग क्याम्पसका क्याम्पस प्रमुख डा ईश्वर गौतमलाई हस्तान्तरण गरेको बैकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।
समारोहमा बोल्दै राष्ट्र बैंकका निर्देशन रेवतीप्रसाद नेपालले राजधानी पछि बुटवल बैंकीङ्ग हवको रुपमा विकास भएको औल्यादै बुटवल क्षेत्रमा बैंकको बिकास तिब्र रूपमा भएकोले यो क्षेत्रको आर्थिक विकासको लागि महत्वपुर्ण भुमीका रहने भन्दैे घरजग्गा रियलस्टेटमा आफ्नो लगानीलाई नियन्त्रण गरि बैंकहरुले उत्पादनशिल क्षेत्रमा लगानी गनुपर्नेमा जोड दिनुभयो ।
समारोहमा बैंक अध्यक्ष सुशील कुमार गोशलीले ओम डेभलपमेन्ट बैंकले अत्याधुनिक सेवा सहित बुटवलमा कारोबार शुरु गरेको जानकारी दिदै ग्राहकमुखी कार्यक्रमलाई आफुहरुले जोड दिएको बताए ।
डेभलपमेन्ट बैन्कर्स एसोसिएसनका उपाध्यक्ष प्रकाश पौडेलले विकास बैंकहरु आमजनतासँग, गाउँगाउँमा गएर आफ्नो सेवा दिइरहेको हुँदा अझै थप सशक्त, सुदृढ र बलियो भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।