पोखरा, ६ चैत /नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघको चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्टिय सम्मेलनले रमेश महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
महासंघले विशिष्ट सदस्यमा सुरेशमान श्रेष्ठ, प्रथम, द्धित्तिय र तृतिय उपाध्यक्षमा क्रमश रुद्र बहादुर बराईली, महेशमान श्रेष्ठ र अमरनाथ गुप्तामा चयन भएका छन् । त्यसै गरि महासचिवमा कृष्णलाल महर्जन, सचिवमा राजमान सुनार र किसान सुनार, कोषाध्यक्षमा द्धवारिका विश्वकर्मा र जयराम पाण्डे लगायत २६ सदस्सिय कार्यसमिति सर्वसम्म चयन गरेको छ।
चैत्र ४ देखी ६ गते सम्म पोखरमा सम्पन्न साधारण सभाले विधान संसोधन गर्दै महासंघको संरचनालाई प्रादेशिक स्तरमा विस्तार गर्ने निर्णय समेत गरेको छ।
सम्मेलनको निर्णय सार्वजनीक गर्न पोखरा आयोजित पत्रकार सम्मेलनमा सुनको आपूर्ति एवं वितरणलाई प्रादेशिक रुपमा विकेन्द्रित गरिनु पर्ने, बहुमूल्य गहनाको उत्पादन कारोबार तथा नियमनलाई निश्चित मापदण्ड अन्तर्गत ल्याउन अविलम्ब निर्देशिका जारी गर्नु पर्ने, स्वदेशी रत्न पत्थरको प्रवर्द्धनका लागि महासंघले प्रस्तुत गरेका संयुक्त कार्ययोजनालाई कार्यान्वयन गर्नु पर्ने, राष्ट्रिय खानी बोर्डको अविलम्ब गठन हुनुपर्ने लगायत माग अगाडी सारेको छ ।