काठमाडौ, २४ फागुन/अष्ट्रेलियाको प्रहरीले एक श्रीलंकन नागरिकको हत्याको आरोपमा तीन नेपालीहरुलाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका नेपालीहरुको पहिचान खुलेको छैन ।
शुक्रबार बेलुकी उत्तरी एडेलेडको पेनफिल्ड गार्डेनमा घटना भएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फेब्रुअरी ३ मा बेलुकी ८ः२० बजे कसैले फोन गरेर प्रहरीलाई बोआडेक्रेस ड्राइभमा बोलाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
‘त्यहाँ पुगेपछि प्रहरीले एउटा घरमा ३९ वर्षीय एक व्यक्तिको विभत्स अवस्थामा रहेको शव फेला पार्यो,’ विज्ञप्तिमा भनिएको छ । स्थानीय गुप्तचरहरुले लगातार अनुसन्धान गरेपछि तीन नेपालीहरुलाई पक्राउ गरिएको हो ।