कन्या क्याम्पस महायज्ञमा पौने दुइ करोड संकलन

पोखरा, ३ माघ/कन्या क्याम्पसमा शैक्षिक गुणस्तर अभिबृद्धि र प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्धेश्यले कन्याक्याम्पस र कन्यामा.वि.को संयुक्त आयोजनामा सञ्चालित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको छैठौं दिन सम्म पौने दुइ करोड संकलन भएको छ ।

क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरले दिएको जानकारी अनुसार महायज्ञको छैठौं दिन पोखराको प्रतिष्ठित व्यापारिक प्रतिष्ठानबाट ५ लाख, शान्तीवारी टोल विकास संस्थाबाट २ लाख ९७ हजार सात सय ४३, कन्याक्याम्पस पुर्व छात्रा समितिको तर्फबाट ३ लाख १६ हजार नौ सय ५६, कन्याक्याम्पसको क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरको मुमा सुबर्ण मानन्धरबाट पति हरी प्रसाद मानन्धरको पुण्य स्मृतिमा १ लाख ११ हजार एक सय ११, पोखरा ११ रानिपौवाका प्रेम प्रसाद दुर्गेश्वरी कर्माचार्यको तर्फबाट १ लाख पाचँ हजार पांच सय ५५, पोखरा ९ महेन्द्रपुलका लिखत मान शुभद्रा लाभाजुबाट ५५ हजार ५सय ५५, कन्यामा.वि. भु.पु. बिद्यार्थी संघबाट ५२ हजार चार सय २६, समर्पण लायन्स क्लबपोखरा ९ बाट ५१ हजार, रत्नइम्पोरियम पोखरा बाट ५० हजार, उमेशराज÷गिता पराजुली पोखरा ३ नदीपुर बाट ३१ हजार एक सय ५ प्रदान गरेका छन् । महायज्ञ आज समापन हुदैछ ।

कमेन्टहरु
Loading...