खाना पकाउने ग्यासको मूल्य बृद्धि

काठमाडौ, २० माघ/नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यमा बृद्धि गरेको छ । निगमले प्रति सिलिन्डरमा २५ रुपैयाँले बढाएको निगमले जानकारी दिएको छ ।

यसअघि १ हजार ३ सय २५ रुपैयाँ रहेको एक सिलिन्डरको मूल्य अब १ हजार ३ सय ५० रुपैयाँ पुगेको छ। भारतबाट मूल्य बढेर आएको भन्दै निगमले ग्यासको मूल्य बढाएपनि अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको जानकारी दिएको छ।

एक सिलिन्डर ग्यासमा यसअघि निगमलाई ७८ रुपैयाँ घाटा भएकोमा मूल्य बढाउँदा पनि सो घाटा बढेर १ सय २३ रुपैयाँ पुगेको निगमले जनाएको छ।

कमेन्टहरु
Loading...