उद्योग तथा व्यवसायी महासंघ प्रदेश संयोजकमा प्रेमप्रसाद पौडेल

पोखरा, ८ माघ । उद्योग तथा व्यवसायी महासंघ प्रदेश नं. ४ को प्रदेश कमिटी संयोजकमा प्रेमप्रसाद पौडेल सर्बसम्मत चयन भएका छन् । एमाले निकट व्यवसायीहरुको शनिबार पोखरामा सम्पन्न भेलाले पौडेलको नेतृत्वमा १ सय १७ सदस्यीय प्रदेश कमिटि सर्वसम्मत चयन गरेको हो ।

एमालेका सचिव प्रदिप ज्ञवालीले नेपालको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको धारणा राखे । आर्थिक समृद्धिका लागि एमालेले लिएको दृष्टिकोण महत्वपूर्ण रहेको उनले बताए । संविधानको कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिका निम्ती एमालेको दृष्टिकोणमा महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ ।

कार्यक्रममा एमाले स्थायी कमिटि सदस्य मुकुन्द न्यौपाने, प्रदेश संयोजक किरण गुरुङ, महासंघका वरिष्ठ उपाध्यक्ष भरतकुमार श्रेष्ठ, एमाले केन्द्रीय सदस्य तथा महासंघ प्रदेश इन्चार्ज तिलक महत, प्रदेश मोर्चा इन्चार्ज पद्मा अर्याल, महासंघका महासचिव श्रीचन्द्र शर्मा, उपाध्यक्ष भीमलाल पौडेल बर्तमान परिस्थितिमा महासंघको भूमिका बारेका धारणा राखेका थिए । उक्त अवसरमा सूर्य बहादुर भुजेल, यम श्रेष्ठ, लंकबहादुर केसी, सञ्जीबहादुर कोइराला, योगेन्द्र केसी लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...