सागर राज तिमिल्सिना
पोखरा, २८ मसिर / पर्यटन क्षेत्रमा लामो समय काम गरेका कास्कीका एक पर्यटन व्यवसायी गाउँ मै फर्किएर व्यवसायी सञ्चालन गर्न लागेका छन् । पर्यटकीय गाउँ कास्कीको लुम्ले–३ तान्चोकमामा फर्किएर व्यवसायीले कल्सी इको रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । उनले गाउँबाट युवा पलायनलाई न्यूनीकरण गर्न र गाउँको विकासका लागि रिसोट सञ्चालनमा ल्याएको बताए ।
ग्रामिण पर्यटन प्रवद्र्धन मञ्चका पूर्वअध्यक्ष तथा लामो समय देखि पर्यटन व्यवसायमा संलग्न चित्रबहादुर गुरुङको सक्रियतामा तान्चोक गाउँको कयरबारीमा रिसोर्ट सञ्चालन गरेका हुन् । गुरुङ सहित अन्य ९ जनाले साढे १८ रोपनीको क्षेत्रफलमा रिसोर्ट सञ्चालन गरेको बताए । गुरुङले काठ ढुङ्गा, माटोलगायत स्थानीय स्रोतसाधनको उपयोगबाट हाल तीनवटा कटेज र एउटा डानिङ हल निर्माण गरेको बताए ।
कटेज काठबाट निर्माण गरेको उनले बताए । उनले जग्गाको मूल्य बाहेकका संरचना निर्माणका लागि करिब ८० लाख रुपैयाँ खर्च भएको बताए । उनले अन्य कटेज थप गर्न र पूर्वाधार निर्माणका लागि करिब एक करोड खर्च गर्ने योजना भएको बताए । उनले नेपालीका लागि एक रात, साझँको खाना र बिहानको नास्ताको २ दुई हजार ५ सय र विदेशीका लागि ४ हजार रुपैया पर्ने बताए । रिसोर्टबाट मनोरम हिमश्रृखला, वन्यजन्तु तथा चराचुरुङ्गीको अवलोकन र प्राकृतिक वनस्पति यसको मुख्य आक्रर्षण रहेको बताए ।
उनले पछिल्ला वर्षमा गाउँबाट बर्सेनि युवा रोजगारीका लागि बाहिरीने गरेको बताउदै गाउँ मै रोजारी सिजना गर्नका लागि पनि गाउँमा रिसोर्ट सञ्चालन गरेको बताए । पोखराबाट लुम्ले सम्म एक घण्टा र पोखरा–बाग्लुङ राजमार्गको लुम्लेस्थित पुरानो घडेरीबाट करिब साढे एक घन्टाको पैदल यात्रामा तान्चोक पुग्न सकिन्छ ।