एक करोडको लागतमा गोर्खा एण्ड बराह ज्वेलरीको नयाँ शाखा पोखरामा

पोखरा ३, मंसिर / गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले पोखराको न्युरोडमा नयाँ शाखा विस्तार गरेको छ । शाखाको नेपाल सुन, चाँदी व्यावसायी महासंघका अध्यक्ष मोहन विश्वकर्माले शाखा उद्घाटन गरे । करिब १ करोडको लागतमा शाखा सञ्चालनको ल्याएको सञ्चालकहरुले जानकारी दिएका छन् ।

उद्घाटन गर्दै विश्वकर्माले सरकारले आफुहरुले माग गरे अनुसारको कच्चा पदार्थ उपलब्ध गराउन नसेकको गुनासो गरे । उनले भने “ हामीले सुन, चाँदी तथा हिराका गर गहना बनाउदा आवश्यक पर्ने कच्चा पदार्थहरु सरकारले प्रयाप्त मात्रमा उपलब्ध गराउन नसक्दा हाम्रो व्यवसायलाई असर परेको छ ।”

सांसद शारदा पौडेलले गोर्खा बराह जस्ता अन्य व्यवसायीहरुले पनि आफ्नो व्यावसायको साथमा सामाजिक उत्तरदाहित्व वोध गर्न आग्रह गरीन् । पोखरा उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष गोकर्ण कार्कीले पोखरेली व्यवसायीहरुको हकहितको लागि संघले विभिन्न कार्यक्रम गर्दैै जाने बताए ।

२२ वर्ष अघि धरानबाट सुरु भएको बराह ज्वेलरी र पोखराको गोर्खा कम्यूनिटी संयुक्त लगानीमा स्थापित गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. ले पाँचौ बर्ष पूरा गरी छैठौ बर्षमा प्रवेश गरेको अवसरमा नयाँ शाखा विस्तार गरेको अध्यक्ष हरी कुमार धमलाले बताए । धरान देखि काठमाण्डौ, पोखरा, नारायणगढ, हङकङ हुर्दै यु.के सम्म सुन चाँदीको व्यापार विस्तार गरेको जानकारी दिए ।

गोर्खा एण्ड बराह ज्वेलरी पनि स्थापनाको सुरुबाट हरेक बिलबाट ३० रुपैया छात्रवृति कोषमा जम्मा गरी आर्थिक अवस्था कम्जोर भइ पढ्न नसकेका जेहेन्दार विद्यार्थीहरुलाई पढाउदैँ आएको अध्यक्ष धमलाले बताए। गोर्खा बराहले पोखरा सभागृहबाट विगत ५ बर्ष देखि निरन्तर रुपमा सेवा दिदै आएको छ ।

कमेन्टहरु
Loading...