एटीएम कार्डबाट पैसा चोर्ने अन्तर्राष्ट्रिय ह्याकर सक्रिय, पिन नम्बर तत्काल बदल्नुस्

काठमाडौ, २२ कात्तिक/नेपालमा एटीएम कार्डबाट पैसा चोर्ने अन्तर्राष्ट्रिय गिरोह सक्रिय भए पछि एटिएममा रहेको पैसा जोखिममा परेको छ । विगत दुई वर्ष देखि एटीएम हृयाक गर्ने अन्तराष्ट्रिय गिरोह नेपालमा लगातार पक्राउ पर्न थालेपछि बैंकिङ सुरक्षा चुनौतिपूर्ण बन्न थालेको छ ।

सीआइबीका प्रमुख डिआइजी नवराज सिलवालका अनुसार नेपालका ३५ लाख एटीएम कार्डहरु जोखिममा छन् । पछिल्लो समय एटीएम बुथबाट पैसा चोरी गर्ने विदेशी नागरिकहरु समेतको संगठित गिरोह नै नेपालमा सक्रिय रहेको उनले बताए ।  नेपालको कमजोर सुरक्षा प्रणालीको फाइदा उठाउँदै संगठित गिरोह नै अर्काको एटीएम पीन प्रयोग गरेर रकम झिक्ने कार्यमा सक्रिय छन् ।

अर्काको एटीएम बुथबाट रकम झिक्ने कार्यमा संलग्न रोमानियाका तीन नागरिकहरुलाई पक्रेर सीआइबीले सोमबार मात्रै सार्बजनिक गरेको छ । उनले आफ्नो पैसा सुरक्षीत राख्न एटिएमका पिन कार्ड फेर्न सुझाब दिएका छन् ।

 

कमेन्टहरु
Loading...