विदेश जान छाडेर रुपाकोटमा हिलटप रेष्टुरेण्ट

पोखरा, २१ कात्तिक /कास्कीको पर्यटकीय गाँउ रुपाकोटमा २१ वर्षे अल्लारे रमेश गुरुङ्ग र कुमार गुरुङ्गले हाम्रो रुपाकोट हिलटप रेष्टुरेण्ट एण्ड बार तिहारको अवसर पारेर रुपाकोट कोट भैरव मन्दिरको फेदीमा संचालनमा ल्याएका छन् । वैदेशिक रोजगारीमा जान ठिक्क परेका गुरुङ्गले विदेशको मोह त्यागी नेपालमै केही गर्ने उद्देश्यले संयूक्त लगानीमा रेष्टुरेण्ट संचालनमा ल्याएको बताएका छन् ।

‘विदेश जाने अत्यन्तै मोह थियो दलालले हेरेको हेर्यै बनायो’उनको भने । त्यही भएर केही गर्यौ भन्ने लागेर रेष्टुरेण्ट संचालनमा ल्याएको उनले बताए । अर्का संचालक रमेश गुरुङ्ग १० वर्ष वैदेशिक रोजगारीको सिलशिलामा दुवइ बसेर आएका हुन् । जहाँ गए पनि मिहेनत नै सबैभन्दा ठूलो कुरा भएको बताउँदै अव यही डाँडामा आफूले भविष्य देखेको बताए । उनको रेष्ुटुरेण्टमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको ताँती नै देखिन्छ ।

उक्त रेष्टुरेण्टबाट बेगनास ताल, रुपाताल, पोखराको फेवाताल तथा लेखनाथका सुन्दर प्राकृतिक दृष्य एकैसाथ अवलोकन संगै सुपथ मूल्यमा लोकल कुखुराको मासु, माछा, गन्द्रुक, ढिडो साथै स्थानिय परिकारको मज्जा लिन सकिन्छ । पोखराबाट करिब ४५ मिनेटको दुरीमा रहेको यो ठाँउ प्राकृतिक सुन्दरताको आकर्षणको केन्द्र पनि हो । अब नेपालमै केही गर्नुेपर्छ । गरेपछि नेपालमा पनि संभावनाका बाटहरु छन् बिदेशमा जति खटिन्छ नेपाल पनि त्यसरी खट्ने हो भने २५, ३० हजारको लागि अरुको देशमा जानुपदेन । आफनै देशमा घरपरिवार सगै बस्नपाउनै ठुलो कुरा हो ।

भन्छन संचालक एक कुमार करिब १५ लाख लगानी भैसकेको र यहाँ खानाका परिकार भन्दा पनि बजार कोलाहाल बाट केही समय पनि रमालो र रमाउनको लागी र रमाणीय वाताबरण रमाउन कोलागी क्याम फायरको लागी यो ठाउँ निकै उपयुतm छ । आन्तरिक तथा बाह्य पर्यटकहरु को सख्या दिन प्रतिदिन बढ्दै गएको कमार बताउछन् । रुपाकोट रिसोर्टको नजीकैको आग्लो ठाउँमा भएकोले यहाँ पर्यटक हरु आउने आशाबादी छन् ।

कमेन्टहरु
Loading...