कोन सहकारीको तीन देशको भ्रमण सम्पन्न

पोखरा, ८ कार्तिक।कोन सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य टोली ११ दिनको विदेश भ्रमण सम्पन्न गरी सोमवार पोखरा फर्केको छ । गत असोज  २७ गते पोखरावाट हिडेको टोली मलेशिया, सिंगापुर र थाइलेण्ड देश घुमेर फर्केको हो । उपमहानगरपालिका वडा नं १३ स्थित कोन सहकारीका अध्यक्ष शरदकान्त सिग्देलको नेतृत्वमा  ३८ जनाको समुह सफलता पुर्वक भ्रमण सम्पन्न गरि फर्केको भ्रमणका संयोजक शान्तकुमार श्रेष्ठले वताए   ।

localhost/websites/bibek
ganthan.com

मलेसियको रमणीय स्थान ट्विन टावर, के एल टावर, रेल ओए स्टेशन, सिंगापुरको नाइट सफारी, सेंटोसा, फि फि आइसलैंड, थाइलेण्डको गोल्डेन बुद्ध र सि वल्ड लगायतका विश्वको ध्यान खिच्न सफल स्थानको अवलोकन गरिएको थियो । सदस्यहरुलाई नयाँ नयाँ स्थान, नयाँ कुराहरुको खोजी, अनुभवको आदान प्रदान भाइचारा र आत्मियताको अभिवृद्धि गर्न भ्रमणले ठूलो सहयोग पुगेको सहकारीका अध्यक्ष शरदकान्त सिग्देलले वताए ।

कमेन्टहरु
Loading...