वित्तिय संस्थाले मर्जर प्रक्रिया तोडे कारबाही

काठमाडौं, २४ भदौ /नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाले मर्जरमा जान सम्झौता गरेर आफूखुसी तोडेमा कारबाही गर्ने भएको छ। राष्ट्र बैंकले बिहीबार मर्जर तथा एक्चविजिसन विनियमावली २०७३ जारी गर्दै मर्जर सम्झौता गरेर तोड्ने प्रवृत्तिलाई नियन्त्रण गर्न कठोर नीति लिएको खबर आजको कारोबारमा आशीष ज्ञवालीले लेखेका छन्।

राष्ट्र बैंकले २०६८ सालमा जारी गरेको मर्जर विनियमावली तथा २०७० सालमा जारी गरेको एक्विजिसन विनियमावलीलाई एकीकृत गरेर जारी गरेको मर्जर तथा एक्विजिसन विनियमावलीले मर्जर सम्झौता तोड्ने संस्थाका पदाधिकारीलाई कारबाही गर्ने, आधारभूत सेयरधनीहरूको सेयर खरिद बिक्री तथा हक हस्तान्तरण रोक्का गर्ने सञ्चालक हुन अयोग्य हुनेसम्मको व्यवस्था उल्लेख गरेको छ।

कमेन्टहरु
Loading...