उपमहासचिवमा बराललाई गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसियशनको सहयोग

पोखरा, २३ भदौ /गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसियशनले पोखरा उद्योग बाणिज्य संघका उपमहासचिवका उम्मेदवार नविन बराललाई आफ्नो आधिकारीक उमेद्वार भएको भन्दै सहयोग गर्ने सबै सगँ आग्रह गरेको छ ।

संघको बुधबार बसेको बैठकले एसोसियशनका पूर्व उपाध्यक्ष एवं सल्लाहाकार बराललाई उपमहासचिवमा आधिकारीक उमेद्वार भएको संस्थागत निर्णय गरेको हो । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसियशनका अध्यक्ष सुशिल गौचनको अध्यक्षतामा बसेको बैठकले संस्थागत निर्णय गदै सवै ब्यवसायीलाई सहयोग गर्न आह्वान समेत गरेको सचिब राजन गोङगजुले जानकारी दिए ।

“उद्यमी ब्यापारीको हकहित संरक्षण एवं प्रवद्धनबाट आर्थिक समृद्धिका लागी मेरो उम्मेदवारी ”भन्ने नारा सहित बराल चुनावी मैदानमा उत्रिएका छन् । बराल अन्नपूर्ण आयल डिस्ट्रिब्यूटर्सका प्रोपाइटर, वेष्ट पोइन्ट चिल्ड्रेन एकेडेमी प्रालिका सस्थापक निर्देशक, जनता बैक नेपाल लिमिटेडका संस्थापक, विरुवा बचत तथा ऋण सहकारी संस्था प्रालिका संचाललक सदस्य, गण्कडी धौलागिरी पेटोलियम डिलर्स एसोसियशनका पूर्व अध्यक्ष र हाल सल्लाहाकार रहेका छन् ।

उनी पार्दी उच्च मावि मुस्ताङचोकका पूर्व अध्यक्ष र सल्लाहाकार छन भने नेपाल रेडक्रस सोसाइटीका आजिन सदस्य समेत रहेर ब्यवसायीक र सामाजिक कार्यमा सक्रिय बराल ब्यवसायीका वीचमा परिचित छन् ।

कमेन्टहरु
Loading...