क्षेत्रिल भलिवल प्रशिक्षण केन्द्रलाई सुनिलको ५० हजार सहयोग

पोखरा, २९ साउन /कास्की जिल्ला भलिवल संघले पोखरा रंगशालाभित्र निर्माण गर्दै गरेको क्षेत्रिय प्रशिक्षण केन्द्रका लागि विभिन्न ठाउँबाट सहयोग आउने क्रम जारी छ ।

यसै सन्दर्भमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका उपाध्क्ष सुनिल गुरुङ्गले ५० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । यसअघि पुन समाज नदिपुरले पनि उक्त निर्माण कार्यका लागि कास्की जिल्ला भलिवल संघलाई २० हजार रुपैयाँ सहयोग प्रदान गरेका थियो ।

त्यस्तै नाट्टा क्षेत्रिय संघ पोखराले पनि १० हजार रुपैयाँ सहयोग प्रदान गरेको संघ कास्कीका अध्यक्ष भिम पराजुलीले जानकारी दिए । संघ कास्कीले पोखरा रंगशालामा निर्माण गर्दै गरेको उक्त भलिवलको क्षेत्रिय प्रशिक्षण केन्द्र देशकै नमुना प्रशिक्षण केन्द्र हुने अध्यक्ष पराजुलीले बताए ।

झण्डै १ करोड १७ लाख लागत अनुमान गरिएको प्रशिक्षण केन्द्रको झण्डै २५ प्रतिशत निर्माण कार्य पुरा भएको उनले बताए ।

कमेन्टहरु
Loading...