पोखरा, २७ साउन /लामो समयदेखि नगद लाभांस संकलन नगरेका लगानीकर्तालाई तत्काल रकम संकलन नगरे कानुन बमोजिम त्यसको व्यवस्थापन हुने भन्दै पोखरा फाइनान्सले सुचना निकालेको छ ।
फाइनान्सले ५ वर्ष भन्दा पहिलेदेखिको बक्यौता नगद लाभांस संकलन गर्न शेयरधनी तथा हकवालाहरुलाई सुचना निकालेर आग्रह गरेको हो ।
फाइनान्सले आफ्नो मुख्य कार्यालय वा शाखा कार्यालयहरुबाट बक्यौता नगद लाभांस संकलन गर्न सकिने सुचनामा उल्लेख गरेको छ ।