पर्यटन यातायातलाई व्यवस्थीत गरेर अगाडी लैजानु पर्ने सुझाब

पोखरा, ८ साउन /क्षेत्रीय प्रशासक शंकर प्रसाद कोईरालाले पर्यटन यातायात व्यवसायीलाई यातायात व्यवस्था कार्यालयबाट स्विकृत प्राप्त भाडादरमा सेवा दिन आग्रह गरेका छन् । उनले व्यवसायीले निर्धारण गरेको भाडादरलाई सरकारले मान्यता दिन नसकिने बताए ।

पर्यटन यातायात समिति कास्कीको १६ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै कोईरालले पर्यटन क्षेत्रको समस्या समाधानको लागि आफु तत्पर रहेको बताउदै छलफलका लागि आउनु पर्ने बताए । कोइरालाले पोखराको विकासको लागि आफुले २१ बुदे कार्ययोजना तयार गरेको र सोहि अनुसार काम भैरहेको समेत बताए । सरसफाई, हरियाली प्रबद्र्धन, नगर क्षेत्रमा प्रेसर हर्न निषेध, ट्याक्सीमा मिटर जडान, पार्किङ ब्यवस्थापनको लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिईसकेको उनले बताए ।

पर्यटन यातायातलाई व्यवस्थीत गरेर अगाडी लैजानु पर्ने सुझाब
पर्यटन यातायातलाई व्यवस्थीत गरेर अगाडी लैजानु पर्ने सुझाब

समितिका संस्थापक मदन शर्मा खनाल ,राष्ट्रिय पर्यटन प्रबद्र्धन समितिका सदस्य वासु त्रिपाठी, पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा, पर्यटन ब्यवसायी गणेश बहादुर भट्टराई, पोखरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्री लगायतले पर्यटन यातायातलाई थप ब्यवस्थित , गुणस्तरिय र सुरक्षित बनाउन सुझाव दिए ।

समितिका अध्यक्ष बोबरजंग गुरुङले हरियो नम्बर प्लेटका पर्यटन सवारीमा समान दर रेट कायम गरी गुणस्तरिय सेवा प्रदान गर्न समिति प्रतिबद्ध रहेको बताए । यातायात ब्यवस्था कार्यालयले हरियो नम्बर प्लेटको सवारी दर्ताको सम्बन्धमा मापदण्डको ख्याल नगरेको भन्दै उनले चिन्ता ब्यक्त गरे । जथाभावि रुपमा हरियो नम्बर प्लेटको सवारी दर्ता गर्दा समस्या हुने उनले बताए ।

साधारणसभाको अबसरमा समितिमा आबद्ध सवारी चालक मध्येबाट एक जना उत्कृष्ट चालक र एक जना कर्मचारीलाई सम्मान समेत गरियो । विगत ३० वर्षदेखि सवारी चालकको रुपमा काम गर्दै आएका र पछिल्लो ९ बर्षदेखि ग्राण्ड होलिडेज टुर्स एण्ड ट्राभल्समा कार्यरत रुद्र शर्मालाई उत्कृष्ट चालकको रुपमा सम्मान गरिएको हो । त्यस्तै विगत ६ वर्षदेखि एम वे टुर्स एण्ड ट्राभल्समा कार्यरत राजेश अधिकारी उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भए । उनीहरुलाई क्षेत्रीय प्रशासक कोईरालाले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

साधारणसभाले महसचिव नवराज अधिकारी र कोषाध्यक्ष बाबुराम पाण्डेको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।समितिमा अहिले १५३ कम्पनी आबद्ध छन् भने २५२ सवारीसाधान रहेका छन् । समितिका महासचिव अधिकारीले संस्थाले बर्षभरी गरेका कार्यक्रम तथा भावि कार्यक्रम प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...