सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ३५ करोड

पोखरा, ६ साउन /सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७२÷७३ मा १० अर्व ३६ करोड निक्षेप संकलन, ९ अर्ब १५ करोड कर्जा प्रवाह गरि करिब ३५ करोड संचालन मुनाफा आर्जन गरेको छ ।

जुन गत आर्थिक वर्ष ७१÷७२ आषाढ मसान्तको तुलनामा क्रमशः निक्षेपमा रु.२ अर्ब ३५ करोड अर्थात २९.३४५, कर्जामा रु. २ अर्ब ६२ करोड अर्थात ४० ५ तथा मुनाफामा ५ करोड २४ लाख अर्थात १८५ ले वृद्धि हो ।

यस त्रैमासमा यस विकास बैंकले कर्जा असुली कार्य निकै तदारुकताका साथ सम्पन्न गरेकोले बैंकको निष्कृय कर्जा अनुपात ०.५४५ कायम गर्न सफल भएको बताइएको छ । बैकको कर्जा निक्षेप अनुपात (ने.रा.बै.अनुसार) ७८.२५५ तथा प्रति शेयर आम्दानी अनुपात २२.४१ रहेको प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।

बैंकले हालै मात्र ४ः१ का दरले हकप्रद शेयर निष्कासन गरि सर्व साधारणको हकप्रद शेयर बांडफांट गरि सकेको छ भने संस्थापक समुहतर्फको बांकी करिब ९ लाख ६७ हजार कित्ता हकप्रद शेयर लिलाम बढाबढबाट बिक्री गर्ने कार्य केही समयमा सम्पन्न हुने नायब कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

आ.ब.२०७१÷७२ को मुनाफाबाट प्रदान गरेको २०.८५५ प्रतिशत बोनस शेयर वितरणको लागि यस बैंकको बिक्री प्रबन्धक एनआईबिल क्यापिटल लि. मार्फत बांडफांट गर्ने कार्य सम्पन्न भई सम्बन्धीत सम्पूर्ण शेयरधनी महानुभावहरुलाई कर वाफतको रकम जम्मा गर्ने तथा डीपी खाता खोल्न समेत आवह्रान गरि सकेकोले सो कार्य सम्पन्न पश्चात बैंकको चुक्ता पूंजी रु. १ अर्व ७ करोड ३४ लाख ५६ हजार पुग्नेछ ।

हाल बैंकको कुल ३१ वटा शाखा संजाल तथा १२ वटा ए.टी.एम. तथा आधुनिक मोवाईल बैकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सुविधा प्रदान गर्दै आईरहेको बताइएको छ ।

कमेन्टहरु
Loading...