पोखरा २० असार/ए लेभल अध्ययन गरेर विनोद ओझाले विदेश जाने सोच बनाएका थिए । अध्ययन प्रश्चात भने उनलाई विदेश जान मन लागेन । विदेशमा गर्ने श्रम स्वदेशमानै गर्न सकेको खण्डमा आम्दानी गर्न सकिन्छ भन्ने सोच उनमा पलायो । फलस्वरुप व्यवसायिक क्षेत्रमा उनले लगानी गरे । त्यस समयमा उनको उमेल २३ वर्षको थियो ।
युवा अवस्थामा व्यवसायमा हात हालेका उनी यो क्षेत्रमा पाएको सफलताले उत्साहित भए । काठमाण्डौको सोह्रखुट्टेमा ब्रो बेकरी मार्फत व्यवसायीक क्षेत्रमा उनको प्रवेश भएको थियो । सूरुमा २५ लाखको लगानी सञ्चालन गरेको ब्रो बेकरी मार्फत ग्राहकको राम्रो साथ उनले पाए । त्यसैले त उनले व्यवसाय सुरु गरेको पाँच वर्षको अवधिमा काठमाण्डौ बसुन्धरा, लाजिम्पाट हुदै पोखराको ओजन लन्ज बार नजिकै लेकसाइडमा चौथो शाखा सञ्चालनमा ल्याएका छन् । पोखरा शाखा गत बैशाख १ गतेबाट सञ्चालनमा आएको हो ।

चौथो शाखा पोखरामा सञ्चालन भएको छोटो समयमा नै ब्रो बेकरीमा पुग्ने ग्राहकको संख्यामा वृद्धि हुन थालेको छ । पोखराको लेकसाइड ओजन लन्जबार नजिकै रहेको यो बेकरीमा अन्य ठाउँमा पाइने बेकरी आइटम भन्दा फरक स्वाद र डिजाइन यहाँ प्राप्त हुने भएकोले ग्राहकको चाप बढ्दै गएको सञ्चालक विनोद ओझा बताउँछन् । कास्की जिल्लाको थुम्कि गाउँ विकास समिति वडा नं. ८ स्थायी ठेगाना भएका उनलाई पोखरेली ग्राहकको थप साथ मिल्ने आशा छ ।
पोखरा शाखामा मात्र झण्डै ५० लाख लगानी भएको छ । चारवटै शाखामा गरी झण्डै डेढ करोडको लगानी गरेका ओझाले २० जनालाई प्रत्यक्ष रोजगार समेत दिएका छन् । ब्रो बेकरी मार्फत गुणस्तरीय केक र विभिन्न बेकरी आइटम उपलब्ध गराइएको छ । ‘अन्य बेकरी आइटम भन्दा भिन्न स्वाद हाम्रोमा पाइन्छ, अर्डर गरेको १० मिनेटमानै वर्थ डे केक उपलब्ध गराउछौ’ ओझाले भने ।
पोखरा शाखा मार्फत ग्राहकलाई इली कफीको स्वाद लिने व्यवस्था मिलाएका छन् । इटालियन यो कफी यसअघि काठमाण्डौ लाजिम्पाट शाखाबाट उपलब्ध गराइएकोमा पोखरा शाखा सञ्चालनमा आए पश्चात पोखरा शाखा इलि कफि उपलब्ध गराइएको सञ्चालक ओझाले जनाए । इली कफी पोखरामा वितरण समेत गर्दै आएका उनल यस्कोे प्रयोग जुनसुकै मौसममा गर्न सकिने बताए । आन्तरीक तथा बाह्रय पर्यटक बेकरी र कफीको स्वादबाट सन्तुष्ट रहेको आफुले पाएको उनले बताए । पोखराको जुनसुकै स्थानको ग्राहकका लागि घरसम्मै बेकरी आइटम पु¥याइने सुविधा दिइएको उनको भनाइ छ ।