पोखरा, १७ असार/पोखराको बजारलाई लक्षित गरी नेपाली कला र संस्कृति झल्कनी लोगो अंकित नेपाली उत्पादन जु जु ब्राण्डका टिसर्टहरुको पोखरा व्यावसाय सुरु गरेको छ । जु जु वयर्स कम्पनीले नेपालमा उत्पादन हुने जु जु ब्राण्डलाई पोखरा क्षेत्रका युवाहरुलाई लक्षित गरी पोखरामा जु जु वयर्सको शाखा सञ्चालनमा ल्याएको हो । नेपाली पहिचान झल्कनी गोलो अंकित टिसर्टहरु उपलब्ध गराएको जु जु वयर्सका प्रोपाईटर प्रदीप मान शाक्यले बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराए ।

नेपालमा उत्पादन हुने विभिन्न बस्तुहरुबाट उत्पादन भएका लुगाहरुमा नेपाली कला, संस्कृति र राष्ट्रियता झल्कने बिषय बस्तुहरुलाई टिसर्टमा प्रिन्ट गरी आम युवा जमातमा पहिचान गराउनको लागि यस्तो अभियान स्वरुप राजधानी हुदै पोखरासम्म आएको शाक्यले बताए ।
नेपाली युवाहरुलाई लक्षित गरी विगत ३ बर्ष देखि काठमाण्डौंमा जु जु ब्राण्डका विभिन्न टिसर्टहरु विक्रि गर्दै आएको उक्त संस्थाले नेपालका अन्य ठाउँमा आफ्नो ब्राण्डका उत्पादनका लुगाहरु पुराउने लक्ष्य राखेको छ । उनले भने “नेपालको दोश्रो ठुलो पर्यटकीय शहरको रुपमा रहेको पोखरामा युवाहरुलाई लक्षित गरीे न्युरोड स्थित विन्ध्येश्वरी प्लाजाको पहिलो तलामा, वालवालिका देखि युवा हुदै बृद्धसम्मको लागि लुगाहरु उपलब्ध गराएका छौं । ” जु जु ब्राण्डका लुगाहरु शतप्रतिशत उच्च गुणस्तरको कटनबाट उत्पादित भएकोले गर्मी मौसम र जाडो मौसममा पनि लगाउन उपयुक्त हुने उनले बताए ।

विगत २६ बर्ष देखि गार्मेन्ट उद्योग संचालन तथा युरोप, जापान लगायतका देशहरुमा निर्यात गरेको अनुभवले गर्दा नेपाली उत्पादनलाई प्रोत्साहन गर्न, नेपाली हुनुमा गर्व गर्न, विश्व सामु नेपालको ईतिहास ठुलो भएकोले विश्वकै कुनै मुलुक भन्दा नेपाल सानो नभएको दर्शाउन, युरोपियन तथा जापानिज मुलुकमा उत्पादन हुने जस्तै गुणस्तरका टिसर्टहरु आफुहरु उत्पादन गर्ने अभियाना लागेको प्रोपाईटर शाक्यले जनाए । उक्त टिसर्टको मुल्य ८ सय देखि एक हजार ४ सय सम्म रहेको छ ।
श्रमण एप्रेल्सको उप्पादन जु जु वयर्सको साथै अर्को उत्पादन करुणा नेचुरल वयर्स समेत रहेको शाक्यले जनाए । वास, गाजाको डाँठ, अर्गानिक कटन, लिनेन लगायतका नेपाली गाँउ ठाँउमा उपलब्ध हुने नेपाली उत्पादनबाट वन्ने करुणा ब्राण्डका लुगाहरु पनि हामीले विक्रि गर्दै आएको उनले जनाए ।

बार्षिक रुपमा २ लाख टिसर्टहरु विक्रि गर्ने लक्ष्य रहेको प्रोपाईटर शाक्यले दाबी गरे । पत्रकार सम्मेलनमा वोल्दै बरिष्ठ काटुनिष्ट तथा चित्रकार दुर्गा बराल वात्सायनले आर्थिक उत्थानसंगै नेपाली कला संस्कृतिको उत्थान गर्ने उद्धेश्यले यस्तो अभियानमा लागेकोले जु जु ब्राण्डले पोखरामा पनि छिट्टै स्थापित हुने बताए ।
मिस नेपाल सन् २०१४ का विजेता तथा करुणाका ब्राण्ड एम्वेसेडर सुविना लिम्वुले आफ्नो देशको कला संस्कृति झल्कनी बिषय बस्तु अंकित टिसर्ट नेपाली बजारमा धेरै राम्रो भविश्य भएको बताउदै आफुले प्रयोग गर्दा पनि आरामदायि भएको अनुभव सुनाईन । पोखरा शाखाका प्रोपाईटर जेनिस शाक्यले पोखरेलीहरुको माग अनुसारका टिसर्टहरु आफुहरुले उपलब्ध गराउने वचन दिईन ।
उद्घाटनको अवसरमा दुई सातासम्म १५ प्रतिशत छुट दिने भएको उनले बताईन । जु जु र करुणाका ब्राण्ड म्यानेजर सनिभ सुव्वाले बजारमा उपलब्ध हुने टिसर्टहरु भन्दा आफुहरुको उप्पादन भएको टिसर्ट महङगो भए पनि एक पटक प्रयोग गरे पछि मात्र उपभोक्ताहरुले त्यसको महत्व बुझ्ने बताए ।