१७ औं खुल्ला नेपाल प्याराग्लाईडीङ प्रतियोगिताको उपाधि रसियाका ग्लेवलाई

सागर राज तिमिल्सिना
पोखरा २२, फागुन/रसियाका ग्लेव सुखोत्सकीले पोखरामा सम्पन्न १७ औं खुल्ला नेपाल प्याराग्लाईडिङ तथा प्रि–वल्र्ड कप प्रतियोगिताकोे उपाधि जितेका छन् । फागुन १५ गतेबाट पोखरामा सुरुभएको प्रतियोगितमा ९९ जना प्रतियोगिहरुलाई पछि पार्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन । पाँच दिनको टाकस्को आधारमा उनले ३ हजार ३ सय १४ अंक ल्याउदै उपाधि जितेका हुन् ।
भारतका अजयकुमार शर्मा उपविजेता भए । उनले ५ दिनको टाकस्मा ३ हजार २ सय ८५ अंक ल्याएका हुन । चाईनाका जुम्मिङ सन्ङ तेश्रो स्थामा आउन सफल भए । उनले ३ हजार २ सय ४१ अंक जोडे । त्यसै गरी महिलातर्फ भएको प्याराग्लाईडिङ प्रतियोगितामा कोरीयाकी युन हि कीम प्रथम भएकी छन । ५ दिनको टाक्समाउनले २ हजार ५ सय ५१ अंकल्याउदै उपाधि आफ्नो पोल्टामा पारेकी हुन । रसियाकी ईम्गेनीया बेलोभाले २ हजार ३ सय ८ अंकल्याउदै दोश्रो स्थानमा रहिन् । काजकीस्थानकी डिनारा अस्मानोभाले १ हजार २ सय ७९ अंक ल्याउदै तेश्रो स्थान हासिल गर्न सफल भईन ।

त्यसै गरी नेपाली प्याराग्लाईडिङ पाईलटहरु मध्ये विशाल श्रेष्ठ प्रथम भएका छन् । उनले ५ दिनको टाक्समा ३ हजार ६३ अंक बटुल्दै प्रथम भएका हुन । २ हजार ९ सय ४८ अंक ल्याएका कृष्ण सुनुवार दोश्रो स्थान हासिल गर्न सफल भए । २ हजार ७ सय ८७ अंक जोडेका राजेश वंजनभने तेश्रो स्थानमा रहेका छन । प्रतियोगिहरुको अंक ग्लोवल पोजीजनीङ सिस्टम (जिप्ीाएस) को आधारमा उनीहरुलाई तोकिएको दुरीको आधारमा कुन कुन क्षेत्रमा उनीहरु पुगे सोको आधारमा अंक दिईएको प्रतियोगिताका प्राविधिक संयोजक रविन गुरुङले बताए ।

प्रतियोगिता पोखरामा केहि दिन खराव मौसमका बावजुत पनि सम्पन्न भएकोले आगामी बर्ष पोखरामा प्यारग्लाईडीङको वल्र्ड कप संचालनगर्न सकिने भएको नाका अध्यक्ष योगेश भट्टराईले बताए ।

कमेन्टहरु
Loading...