वीरगञ्ज, २६ माघ/नेपाल आयल निगमले वीरगञ्ज नाकाबाट ४९ ट्यांकर इन्धन नेपाल भित्रियको छ ।
वीगन्जको रक्सौलको डिपोबाट ४९ वटा टयाङ्कर इन्धन लोड भएर नेपाल भित्रिएको निगमले जानकारी दिएको छ ।
पाँच महिना लामो नाकाबन्दीपछि सोमबार पहिलो दिन निगमले ९ सय केएल माग गरेपनि प्राविधिक कारण देखाउँदै भारतीय आयल कर्पोरेशन ९आईओसी०को रक्सौलस्थित डिपोले ३ सय ६८ केएल इन्धन मात्रै दिएको थियो।
आईओसीले रक्सौल डिपोलाई नेपालले माग गरेअनुसारको इन्धन उपलब्ध गराउन निर्देशन दिएपछि मंगलबार इन्धनको परिमाण बढाएको हो । निगमले केहीदिन पछि नै पम्पहरुको माग अनुसार इन्धन वितरण गर्ने बनाए ।