पोखराको पहिलो सामुदायिक क्याम्पसका रूपमा परिचित पोखरा बहुमुखी क्याम्पसको शनिबार सम्पन्न ३९औँ साधारण सभा तथा आठौँ अधिवेशनले सामाजिक व्यक्तित्व शंकर गुरुङको अध्यक्षतामा नयाँ क्याम्पस सञ्चालन समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्बाचित अध्यक्ष यस भन्दा अघिल्लो लगातार दुई कार्यकाल क्याम्पसको कोषाध्यक्ष पदमा रहि काम गर्नु भएको थियो ।
समितीको अन्य सदस्यहरुमा समीर गुरुङ, हस्त बहादुर थापा, कुमारी मुना वास्तोला, उमा कुमारी ठकुरी, नवीन नापित, भिम गौतम र देव कुमारी हिराचन निर्वाचित हुनुभयो ।
दुई सयभन्दा बढी सिनेटर सदस्यहरूको उपस्थितिमा सम्पन्न अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो।
कार्यभार हस्तान्तरण गर्दै यस अघि दुई कार्यकाल सम्पन्न गर्नुभएका निवर्तमान अध्यक्ष लालचनले क्याम्पसजस्तो शैक्षिक संस्थामा नितान्त सेवाभावले नेतृत्व गर्नुपर्ने उल्लेख गर्दै आफ्नो कार्यकालमा प्राप्त व्यक्तिगत तथा सामाजिक उपलब्धिबारे चर्चा गर्नुभयो। उहाँले क्याम्पसको उत्थान र प्रगतिका लागि जीवनपर्यन्त समर्पित रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
समारोहलाई सम्बोधन गर्दै क्याम्पसका सल्लाहकार शंकर देवकोटाले शैक्षिक संस्थाहरूलाई व्यक्तिगत पूर्वाग्रहबाट मुक्त राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। साथै सबैको साथले आज क्याम्पस यो अबस्थामा आइपुगेकोमा सबैप्रती आभार ब्यक्त गर्नुभयो ।
निवर्तमान उपाध्यक्ष बद्री श्रेष्ठ, सामाजिक व्यक्तित्व तथा क्याम्पसका आजीवन सदस्यहरू योगेन्द्र प्रधान, विश्व मोहन गौचन, देवकुमारी हिराचन, रवीन्द्र माकाजु तथा वडा नं. ९ का सदस्य गीता चर्माकार लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संचालन क्याम्पस प्रमुख शिशुकला पराजुलीले गर्नुभएको थियो ।
अधिबेशनमा निर्बाचन सम्पन्न गर्न अधिवक्ता प्रकाशचन्द्र त्रिपाठीको संयोजकत्वमा लक्ष्मी अधिकारी र कृष्णप्रसाद कोइराला सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। अधिबेशन सौहार्द पुर्ण बाताबरणमा सम्पन्न भएको जानकारी क्याम्पस प्रमुखले दिनु भएको थियो ।
२०८२ पुष १२ गते शनिबार
पोखरा बहुमुखी क्याम्पसको अध्यक्षमा शंकर गुरुङ निर्वाचित
कमेन्टहरु