जेनजी आन्दोलन सत्य हो, तर ग्रान्ड डिजाइनमा भयो: दिलिप न्यौपाने

देशलाई अहिलेको अन्योलपूर्ण अवस्था बाट बाहिर ल्याउनु पर्ने एमालेका युवा नेता दिलिप न्यौपानेले बताएका छन । नेता  न्यौपानेले एमालेको आज बस्ने केन्द्रिय कमिटीको  बैठकले  हाल को अबस्थामा उठेका प्रश्नहरु निरुपण गर्नु पर्ने बताएका छन  उनले सामाजीक संजाल फेसबुकमा लेख्दै ८ बुदामा प्रश्न हरु लेखेका छन ।

उनले लेखेको स्टाटस यस्तो छ

आज बस्दै गरेको एमाले केन्द्रीय कमिटीको बैठकले निरूपण गर्नु पर्ने केही प्रश्नहरू ?
१) सन् १७६० दसकमा इङ्ल्यान्ड बाट सुरु भएको औद्योगिक क्रान्तिको मुख्य कारण वैज्ञानिक र प्राविधिक आविस्कार थियो । सामाजिक र राजनीतिक कारण पनि थिए । यो क्रान्ति युरोप, अमेरिका हुँदै विश्वभरि फैलियो । जस्ले पुँजीवादी व्यवस्थालाई थप बलियो बनायो । त्यतै सन् १९९७ पछि इन्टरनेटको दुनियाँ संगै सूचना प्रविधि र प्रणालिमा चमत्कारिक र तिब्र परिवर्तन आएको छ । यो दुनियाँ संगै जन्मे र हुर्केको पुस्ता जसलाई जेन जी भनियो ( खैर यो नेपाली उत्पादन त होइन ) यो नयाँ पुस्ताको विद्रोह ले बंगलादेश, नेपाल, श्रीलंका, फिलिपिन्स हुँदै विश्वभरि फैलने संकेत देखिदै छ ।
औद्योगिक क्रान्ति र अहिलेको जेन जी विद्रोह बीच राजनैतिक र सामाजिक समानताहरु छन् कि छैनन् ? राष्ट्रिय अन्तर्राष्ट्रिय कारण र प्रभावहरू के हुन् ? किन यो विद्रोहले धनी , बलिया र विकशित राष्ट्रमा भन्दा पहिले हाम्रो जस्ता देशलाई प्रभावित गर्दै छ ?
२) नेपाली नयाँ पुस्ताको आन्दोलनले नेपाली समाज र राजनीतिको कुन कुरा विस्थापन र कुन कुरा स्थापित गर्न खोजेको हो ? गहन विश्लेण गर्न आबस्यक छ । नेकपा एमाले र नेपाली कांग्रेस बीच भएको पाँच बुँदे सहमतिको आशय सुशासन र राजनीतिक स्थिरता थियो । जेन जी अभियानले मुख्य माग पनि यही थियो भने यसलाई अवसरको रुपमा किन नलिने ? यो माग लाई कसरी संस्थागत गर्न सकिन्छ भन्ने स्पष्ट रोडम्याप तयार गर्नु पर्दछ ।
३) नेपाली समाजमा जेन जी आन्दोलन सत्य घटना हो । यो कल्पना वा सपना थिएन र होइन । यो घटनालाई आवेग उत्तेजना र भु राजनीति मात्र भनेर उम्किन सकिदैन । हामी भनिरहेका छौं की यो आकस्मिकता त हुँदै होइन यो ग्राइन्ड डिजाइन थियो त्यसो हो भने हाम्रो पार्टी र नेतृत्वले सुइँको सम्म नपाउनु के हो ? गम्भीर प्रश्न खडा भएको छ । यो घटना बाट के शिक्षा लिने हो वस्तुनिष्ठ विश्लेषण गर्नु पर्दछ ।
४) जेन जी आन्दोलनले डिजिटल प्लेटफर्मको संयोजन कुशलता पूर्वक प्रदर्शन गर्यो यसबाट पार्टी निर्माण र परिचालनमा के पाठ सिक्ने हो ? असंगठित र अत्याधिक भावनात्मक यो अभियान राजनैतिक रुपमा दिशाविहीन बन्न पुग्यो । सुधारलाई माग बनाएको अभियानमा उपलब्धि भन्दा क्षति अधिक हुन गयो । आवेगले व्यवस्था परिवर्तन हुँदैन त्यसको लागि त संगठन र सिद्दान्त संगै योजना र दिशा पनि चाहिन्छ भन्ने राजनीतिक चेत यो पुस्तामा कसरी विस्तार गर्ने हो ? मिहिन योजना आबस्यक छ ।
५) सुरुमा जेन जी अभियान थियो आन्दोलन थिएन । किन समयमै उनीहरुसँग वार्ता र छलफल हुन सकेन ? अत्यधिक बल प्रयोग किन र कसरी भयो ? अन्य तयारी किन हुन सकेन ? जस्ता प्रश्नमा जनमानसको चासो छ । यथार्थ कुरा एमाले लें बताइदिनु पर्दछ । गल्ती र कमी भएको कुरामा महसुस गर्ने हो नगरेको गल्तीको कालो टिका लगाएर बस्नु हुँदैन । मान्छेले पत्याउँछ वा पत्याउँदैन, स्वीकार्छ वा स्वीकार्दैन उसको कुरा हो पार्टीले आफ्नु कुरा स्पष्ट पार्नै पर्दछ ।
५) अहिले नेपाली राजनीति दिशा विहिन जस्तो छ कसरी अगाडि बढ्ने ? राष्ट्रिय अस्मिता र लोकतान्त्रिक गणतन्त्र संकटमा देखिन्छ कसरी जोगाउने ? समाजमा अराजकता र विखण्डन ल्याउने षणयन्त्र भएको छ कसरी नियन्त्रण गर्ने ? जस्ता प्रश्नहरूको वस्तुपरक निरूपण गर्नु पर्ने छ ।
६) हामीले समाजवादको कुरा गर्यौ सो अनुसार आधार बदलेनौ । आधार र आध्य बीचको द्वनदात्मक सम्बन्धलाई बिर्स्यौ की । पार्टी पंक्ति उद्यमी बनेर राष्ट्रीय पूंजी निर्माणको सहयोगी बन्नु पर्ने हो तर व्यवसायी बन्ने नाममा दलाल पूँजीवादको सहयोगी बन्न पुगेऊ की । आधारले उपरीसंरचना थेग्न नसकेको अवस्था त होइन दार्शनिक कोण बाट पनि विश्लेषण गरौं ।
७) आज एमाले कार्यकर्ता पंक्ति मोटिभेट होइन डीमोटिभेट भएको छ । एक लय, एक स्वर र एक गति नहुँदा एमाले विरोधीहरूको स्वर बलियो भएको देखिन्छ । त्यसैले अंकगणित को होइन प्रणालीको वकालत गर्नु, ड्राइभर फेर्ने कुरा गर्नु पूर्व गाडी ठीक गर्नु, राजनीति भावनाले चल्दैन ठोस निष्कर्ष निकाल्नु पर्दछ ।
८) एमालेका दोस्रो तेस्रो पुस्ताको नेताहरुले बुझून् समस्या व्यक्तिमा होइन, समस्या सोचमा र प्रणालीमा छ । पार्टी र देश चलाउन सोच्ने तरिका बदलौं । प्रणालीलाई पुन संरचित गरौं । जेन जी अभियानले केही आशलाग्दो नेतृत्व जन्माएको छ त्यसमा राजनैतिक चेत भर्ने काम गरौं । हरेक चुनौतीले अवसर ल्याएको हुन्छ भन्ने ठान्छौं भने अवसरको पहिचान गरौं । नेतृत्व सधैं कुर्चीलेमात्र निर्धारण गर्दैन परिस्थिले निर्धारण गर्छ । कुर्चीको नेता ताक्नु भन्दा परिस्थिको नेतृत्व लिनुस् ।
सबैभन्दा पहिले देशलाई अहिलेको अन्योलपूर्ण अवस्था बाट बाहिर ल्याउनु पर्दछ त्यसको लागि जेन जी अगुवाहरू सँग राजनैतिक विमर्श थाल्नु पर्छ । निकाशका विकल्पहरू बारे खुल्ला छलफल गर्दै सुसान र राजनैतिक स्थिरताका लागि गर्नुपर्ने प्रणालीगत सुधारका लागि निश्चिन्त बनाउँदै संसद बाट संस्थागत गर्ने गरी संसद पुन स्थापना गर्दा देशले निकास छिटो पाउने छ । बैठक सफलताको शुभकामना ।

कमेन्टहरु
Loading...