गण्डकी प्रदेश सरकार जिल्ला समन्वय समिति प्रति असहिष्णु भयो : जिल्ला समन्वय प्रमुख पौडेल

 

 

 

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्लाको आठौं जिल्ला सभा शुक्रवार सम्पन्न भएको छ। जिल्ला समन्वय समिति कास्कीको आठौं जिल्ला सभा लाइ सम्बोधन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जिल्ला समन्वय समिति बर्तमान संविधानको मर्म अनुसार क्रीयाशिल रहेको भन्दै सबलीकरणमा प्रदेश सरकार उदासिन देखिएको  आरोप लगाए ।  प्रदेश सरकारले आबश्यक कानुनी ब्यबस्थाका लागि चासो नदेखाउनु चिन्ताको बिषय भएको  उनको गुनासो रहेको थियो ।

प्राप्त कानुनी र संबैधानिक ब्यबस्था अनुसार उच्च प्रतिफल प्राप्त हुने गरेर काममा निरन्तर लाग्न उनले आग्रह गरे ।  पौडेलले गण्डकी प्रदेश सरकार जि स स लाई कानुनी ब्यबस्था गर्न लाग्नु पर्ने ठाउँमा उल्टो संविधान बिपरित निरन्तर बेवास्ता गर्नु शुभ लक्षण नभएको उल्लेख गरे ।कहिले जिल्ला समन्वय प्रमुखको नेतृत्वको अस्पताल ब्यबस्थापन समिति बनाएको छ ,लगत्तै खारेज गरेको छ। जिल्ला समन्वय समितिलाई भनेर बजेट छुट्ट्याउने तर कानुनी झन्झट देखाएर बिनियोजित बजेट समेत कटौती गर्ने गण्डकी प्रदेश सरकारका अस्थिर रवैयाले काम गर्न अप्ठ्यारो भएको दुखेसो पोखे।

बिना अध्ययन नीति बनाउनु र बिना विश्लेषण खारेजी गर्नु प्रदेश सरकारको अपरिपक्व काम मात्रै होइन जि स स प्रतिको अनुदार र असहिष्णु व्यवहार हो पौडेलले भने ।

सो अबसरमा करार तथा ज्यालादारीमा ३० बर्षभन्दा बढी समय सडक डिभिजन कार्यालय पोखरा कार्यालय मार्फत सेवा प्रदान गर्ने कर्मचारीहरू ढाकाराम पोख्रेल ,बिश्वनाथ पौडेल र सुन्तली बि क लाई नगद रू दुई हजार पाँच सय नगद सहित सम्मान समेत गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले उल्लेख गरे ।

सभामा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बराल ,पोखरा उद्योग बाणिज्य संघका महासचिव शोभा गौतम, साबिक जिल्ला बिकास समिति कास्की उप( सभापति श्रीनाथ बराल सहित,साबिक जिल्ला बिकास समिति कास्कीका सभापति पुण्यप्रसाद पौडेल ,जिल्ला समन्वय समिति कास्कीका पूर्ब प्रमुख बैन बहादुर अधिकारी क्षेत्री , अन्नपूर्ण गाउपालिकाका अध्यक्ष बिष्णु बहादुर क्षेत्री,जिल्ला समन्वय समिति महासंघका केन्द्रिय सदस्य एबम जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापा ,जिल्ला समन्वय समिति महासंघका केन्द्रिय सदस्य एबम मुस्ताङका प्रमुख माया गुरुङ,जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरुङ ,जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल ,जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्ले ,जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जि। टि।सहितले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

सभाले जिल्ला समन्वय समिति कास्कीको आन्तरिक नियन्त्रण कार्यबिधी र आन्तरिक आय ब्यबस्थापन सम्बन्धि कार्यबिधी पारित गरेको छ।

कमेन्टहरु
Loading...