चर्चित लोक दोहोरि गायिका देवी घर्ति, ई. सुजित घिमिरे र दिनेश क्षेत्री को स्वर मा सजिएको लोक दोहोरिमा विशेस पहिचान झल्किएको मौलिक गित “शिसा भ्यालैमा” यही जेठ १९ गते दिनेश क्षेत्री (Dinesh Chhetri) युट्युब च्यानल बाट रिलिज भएको छ। लोक दोहोरि क्षेत्र मा पन्ध्र वर्ष भन्दा बढी व्यतित गरिसकेका कलाकार दिनेश क्षेत्री को लय तथा शब्द संकलन रहेको गित मुख्य गरि गण्डकी प्रदेश भित्र प्रचलित भ्याउरे लयमा आधारित छ । सो गित मारुनी डिजिटल रेकर्डिङ स्टुडियामा रेकर्डिङ गरिएको थियो भने कुमार राना ले मिक्सिंग को काम गरेका थिए। गीतमा चर्चित डाइरेक्टर राजकुमार मगर को निर्देशन मा कलाकार एलिना रायमाझी र रायन बस्याल ले नृत्य गरेका छन् ।
गितका सर्जक दिनेश क्षेत्री स्याङ्जाका हुन भने गायिका देवी घर्ति बाग्लुंङ जिल्लाकी हुन् । अर्का गायक सुजित घिमिरे पेशा ले इन्जिनियर हुन् उनि बिगत सात बर्ष देखि नेपाल विधुत प्राधिकरण मा सिभिल इन्जिनियर को रुपमा कार्यरत छन् । गण्डकी प्रदेश मध्यनेपाल नगरपालिका ७ करापुटार चिसंकुमा जन्मिएका घिमिरे आफ्नो क्षेत्र प्राविधिक भएपनि सानैउमेर देखि लोकदोहोरी प्रति असाध्यै रुची भएको बताउछन् ।

उनि थप्छन आफ्नो गाउँमा साँझमा चराहरु बास बस्दा होस्, मौरी भुन्भुनाउदा होस्, खोला छहरा छ्यांग छ्यांग गर्दा होस् लोक दोहोरि कै भाकामा आबाज निकाले जस्तो महसुस आफुलाई हुने गरेको छ । लोक सस्कृतिमा केहि विकृति भित्रिएको बर्तमान समयमा नेपालि लोक सस्कृति लाइ जोगाइराख्न मौलिकता झल्किनी भ्याउरे भाका को गित रिलिज गर्न पाउदा आफुलाई खुशी लागेको घिमिरेले बताए ।
सर्जक दिनेश क्षेत्रीका चर्चित गीतहरु आकाशैले भुइँ लाइ हेरेको, केशरी, माया काखैमा अहिलेपनि लोक बजारमा गुन्जिरहेका छन् भने चर्चित गायिका देबी घर्ति ले खोलि सलल, माया आउने बसमा, उही खोलिमा पानि सहित पांच हजार भन्दा धेरै गीतमा आवाज भरिसकेकी छन् ।
गायिका देबी घर्ति रास्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल केन्द्रिय सचिव, सर्जक तथा गायक दिनेश क्षेत्री सँस्थाकै उपत्यका समितिका सहसचिव हुन् भने गायक ई. सुजित घिमिरे सँस्थाका आजिवन सदस्य हुन् ।