नेपाल प्रेस युनियन गण्डकीले कास्कीस्थित नेपाल पत्रकार महासंघ गण्डकी र कास्की शाखाको कार्यालयमा ताला लगाएको छ ।
नेपाल पत्रकार महासंघको निर्वाचनको संघारमा विशेषगरि पत्रकारको शुद्धीकरण र नयाँ सदस्यता वितरणको बिषयमा असमति जनाउँदै युनियनले यी दुवै कार्यालयमा तालाबन्दी गरेको छ । नेपाल प्रेस युनियन गण्डकीकामहासचिव प्रकाश ढकालले विज्ञप्ति प्रकाशित गरी युनियका मागसहित धारणा सार्वजनिक गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “महासंघले सदस्यता वितरणमा अलोकतान्त्रिक निर्णय गरेको युनियनको आरोप छ । सदस्यताको सुरुआत र किनारा लगाउने वैधानिक विधि हुँदा हुँदै जिल्ला र प्रदेशको सिफारिसलाई समेत लत्याएर केन्द्रले एकपक्षीय ढंगबाट सदस्यता वितरण गर्दा क्रियाशील पत्रकारलाई अन्याय भएको हाम्रो ठहर छ ।’
युनियनले अहिले सदस्यता वितरणमा देखिएको विवालका सम्बन्धमा भएका मिहीन ढंगबाट छानविन गर्न माग गरेको छ । महासंघ विधान अनुसार चल्दैन भने कानूनी प्रक्रियामा जान बाध्य हुने युनियनले चेतावनी दिएको छ ।
महासंघको निर्वाचन घोषणा गरेर प्रक्रिया सुरु भइसकेको छ । निर्वाचनका लागि महासंघको निर्वाचन समितिले मतदाता पत्रकारका अन्तिम नामावलीसमेत प्रकाशत गरिसकेको अवस्था छ । युनियनको यो आन्दोलनसँगै महासंघको निर्वाचन फेरि पनि प्रभावित हुने सम्भावना बढेको छ । महासंघले असार २२ गतेका लागि निर्वाचनको मिति तोकेको छ ।
युनियनद्वारा जारी विज्ञप्ति
नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा केन्द्रीय समितिले गरेको अलोकतान्त्रिक निर्णयप्रति नेपाल प्रेस युनियन गण्डकीको ध्यानाकर्षण भएको छ । सदस्यताको सुरुआत र किनारा लगाउने बैधानिक विधि हुँदाहुँदै जिल्ला र प्रदेशको सिफारिसलाई समेत लत्याएर केन्द्रले एकपक्षीय ढंगबाट सदस्यता वितरण गर्दा क्रियाशील पत्रकारहरुलाई अन्याय भएको हाम्रो ठहर छ । (नयाँ र पूराना दुवै)
१। सुर्खेत साधारणसभाबाट सदस्यता शुद्धिकरणको अभियान सञ्चालन गरिएकोमा उक्त अभियानप्रति आज पनि नेपाल प्रेस युनियनको पूर्ण समर्थन र साथ छ । तर मापदण्ड र सदस्यता वितरणमा कतैपनि तादम्यता नमिलेपछि पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइएकोमा कतैबाट सुनुवाई भएन । जिल्लाबाटै सिफारिस नभएका व्यक्तिले सदस्यता पाउने वैध आधार के हो ?
२। कुनै जिल्लाले एक वर्षअघि नै नयाँ सदस्यताको सिफारिस गर्दा सदस्यता नपाउने तर कतै चाहिँ जिल्लाले सिफारिस नै नगरेको व्यक्तिलाई निर्वाचनको सम्मुखमा सदस्यता दिने मापदण्ड के हो रु पत्रकार महासंघको सदस्यता पत्रकारिता गर्ने व्यक्तिले पाउने हो कि कुनै अमुक संगठनमा आवद्ध भएपछि पाउने हो रु एउटै मापदण्डमा कसैलाई सदस्यता दिने कसैलाई नदिने कुन विधि हो ?
३। गण्डकीका मनाङ र मुस्ताङ जिल्लाको सदस्यता शुद्धीकरणपछि शाखाको अस्तित्व समाप्त भएको छ । ति जिल्लामा शाखा रहने हो कि होइन रु उनीहरुले मतदान कहाँबाट गर्ने हो रु कसलाई गर्ने हो रु स्पष्ट जवाफ दिनु पर्छ कि पर्दैन ?
४। अहिले सदस्यता वितरणमा जुन विवाद भैरहेको छ यसको कारण के हो रु विवादको सिर्जना कहाँबाट भयो रु कसका कारणले भयो रु नेपाल प्रेस युनियन गण्डकी यसको मिहीन ढंगबाट छानविनको माग गर्दछ । सदस्यता वितरणको विवाद नटुंग्याई निर्वाचन तालिका सार्वजनिक गरिएकोमा हाम्रो गम्भीर असहमति छ । यदि विधान अनुसार महासंघ चल्दैन भने कानूनी प्रक्रियामा जान बाध्य हुनेछौं ।
अन्तमाः लोकतन्त्रवाद र पत्रकारवादको पक्षमा नेपाल प्रेस युनियन सदैव जिम्मेवार छ । त्यो जिम्मेवारी पूरा गर्न हामी तयार छौं ।आवश्यक वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसँग अपिल पनि गर्दछौं । सदस्यता निगाह होइन, अधिकार हो । महासंघको जिम्मेवार पदमा रहेकालाई हेक्का होस् । यसर्थ, माथि उठान गरिएका प्रश्नहरुको वैधानिक जवाफ विना महासंघको निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने सम्बन्धित सबैमा जानकारी गराइन्छ । जवरजस्ती गर्न खोजिए त्यसबाट सिर्जना हुने परिस्थितिको जिम्मेवार स्वयं महासंघ हुनेछ । प्रकाश ढकाल(महासचिव )