यसरी उकास्न सकिन्छ हाम्रो शौक्षिक गुणस्तर

सरकारले २०८१ असार १३ गते दिउँसो नतिजा सार्वजनिक गरे संगै देशभरि को नतिजाले सबैलाई स्तब्ध बनायको छ । अहिले को युगमा पनि ५० प्रतिशत बिधार्थि उत्रिण नहुनु बडो बिडम्बना को बिषय बन्न पुगेको छ । देशभरि करिब ४८ प्रतिसत बिधार्थि उत्रिण हुदै गर्दा नतिजाले हामीलाई केही दशक सम्म हान्न सक्छ यो निकै सोचनिय बिषय हो।
परीक्षा सम्पन्न गरि नतिजा सार्वजनिक पनि भयो नतिजा सोचेजस्तो नआएपछि चिन्ता मात्रै गरेर भोलिको शिक्षा आफै सुढृड हुदैन भोलि का दिनहरु यसरी सुढृड गर्न सकिन्छ ।

यसरी शिक्षाको बलियो आधार तयार गर्न सकिन्छ ।

राजनितीक हस्तक्षेप बन्द गर्नु पर्छ ।

सबैभन्दा पहिला नि शर्त त्याग्न सक्नु पर्छ । कोहि कसैको राजनितीक अभिष्ट पूरा गर्न बिचरा निरीह ती अबोध बाल बालिकाको भबिष्यमाथि नाङ्गो राजनीतिक तरबार चलाउन बन्द गरिन पर्छ र राजनीतिक दल संग नजिक रहेका ब्यक्ति हरु नै सामाजिक ब्यक्ति भयका कारण बिधालय को नेतृत्वमा आयपनि कुनै किसिमको राजनितीक रंगका आधारमा शिक्षक छनोट , राजनीतिक रंगका आधारमा बच्चा हरुलाई दण्ड वा जसाय र पुरस्कार गर्नु सबैभन्दा ठुलो अप्राध हुने छ । बरु नेतृत्वमा राजनितीक ब्यक्ति आयमा उस्को राजनीतिक शक्ति प्रयोग गरेर बिधालय का भित्र बाहिरि आबश्यकता पहिचान गरि समस्याको समाधान गर्न सक्नु पर्दछ। जस्तै स् अध्यक्ष को पार्टीको माननीय वा मन्त्री वा नजिकैको कर्मचारी उच्च पदमा भयमा बिधालय मा आबश्यकताका आधारमा बजेट ब्यबस्थापन गरि बिधार्थि , शिक्षक , र बिधालय को हितकर काम गर्न सकिन्छ।

राजनीतिक पुर्वाग्रह बाट माथि उठेको शिक्षा समिति ।
शिक्षा बलियो बनाउने आधार भनेको स्थानिय तह बाट निर्मित शिक्षा समिति हो । अहिले देश भर स्थानिय तहमा हेर्ने हो भने अपवाद बाहेक कर्मकाण्डि शिक्षा समिति बनेको देखिन्छ यो नै सबैभन्दा दुर्भाग्यपूर्ण छ ।भोलि यो देशका सपूत बनाउने र नियमन गर्ने निकायनै शिक्षा समिति हो यहात शिक्षा क्षेत्रमा खलि खायका बिज्ञहरु हुन पर्नि थियो तर यश समितिलाई निकै हल्का संग लियको पाईन्छ कतिपय।यस समितिको अध्यक्ष स्थानिय तहको अध्यक्ष हुने कानुनी प्राबधान ले कतिपय स्थानिय तहमात सामान्य लेखपढ गर्ने मात्रै अध्यक्ष हुने हुदा अहिले को जस्तो नतिजा आउने गरेको छ कतिपय ठाउमा अध्यक्ष अनुकूल समिति बनाउन सामन्त लेख पढ भयका हरुलाई राजनितीक रंग दिदै न्युक्ति गरिने गरेको पाईयको छ । यो भनेको सोझा नागरिकको छोराछोरि को भबिष्यमा आखा चिम्लेर नाङ्गो तरबार चलाय बराबर हो । यश कारण राजनीतिक पुर्वाग्रह बाट माथि उठेको र बिक्ष सदस्य रहेको शिक्षा समिति निर्माण भयमा समग्र स्थानिय तहको राम्रो शिक्षा नीति बन्छ र बनेको नितिलाई सहि ढंगबाट कार्यान्वयन गर्न सके शिक्षा मा सबलिकरण हुने थियो ।

दक्ष प्रधानाध्यापक खुल्ला प्रतिस्पर्धा बाट चयन ।
बिधालय कसरी सञ्चालन गर्ने शिक्षक, बिधार्थि हरुलाई कस्तो नीति बनायर बिधालय अगाडि बढाउने अभिभावक संग के कसरि प्रस्तुत हुने अभिभावक लाई कसरी बिधालय हितमा परिचालन गर्ने बिषयगत प्रमुखहरुलाई के कसरी गर्ने परिचालन गर्ने सरकारि वा गैर सरकारि समन्वय गर्ने भन्ने भन्ने बिषयमा सबैभन्दा ठुलो योग्दान बिधालय को प्रधानाध्यापक नै हो खासमा बिधालय को मेरुदण्ड नै प्रधनाध्यापक नै हो । यति महत्त्वपूर्ण प्रधानाध्यापक लाई राजनीतिक पउच का भरमा हैन दक्षताका आधारमा खुल्ला प्रतिस्पर्धात्मक ढंगबाट नियुक्ति गरि दण्ड वा सजाय र पुरस्कारको समेत अधिकार प्रदान गरि न्युनतम प्रतिजाको पहिलानै करार संझौता गरि कार्यान्वयन गर्न सके शिक्षामा परिवर्तनको संकेत देखिन थाल्ने छ ।

अधिकार सम्पन्न बिब्यस अध्यक्ष , अध्यक्ष उच्च शिक्षा हाशिल गरेको ।

बिधालय सञ्चालन को अर्को सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको बिधालय ब्यबस्थापन समिति हो । बिधालय को सहि नीति तयारि गरि बिधार्थि हरुलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बिषयमा शुस्म अध्यन गरि समितिले नीति बनायर प्रधानाध्यापक का माध्यम बाट बनेको नीति कार्यान्वयन गराउन पर्दछ । अध्यक्ष वा प्रधानाध्यापक लाई गल्ति गर्दा दण्ड दिने राम्रो गर्दा पुरस्कार दिने र अटेरि शिक्षकलाई सामान्यता बिधालय नै हेरफेर सम्मको अधिकार दियर अगाडि बढ्नि हो भने शिक्षाको गतिको तिब्रता बढ्न थाल्ने छ । शिक्षा जस्तो सम्बेदनशिल क्षेत्र को नेतृत्व गर्ने बिब्यस अध्यक्ष उच्च शिक्षा हाशिल गरेको सकेसम्म कुनै एक बिषयको बिज्ञ र प्रशाशनिक ज्ञान उच्च भयको हुन पर्छ जब हामिले माथि उल्लेख गरेजस्तो अध्यक्ष पाउछौ तब बिधालयले दिन गनेर परिवर्तन को आभाष दिलाउने छ ।

लगनशील बिधार्थि , लगनशीलताको कक्षा सञ्चालन ।

बिधालय ब्यबस्थापन समिति असाध्यै राम्रो निर्माण भयो , दक्ष प्रधानाध्यापक न्युक्ति भयो भनेर मात्रै हुदै हुदैन जब शिक्षा ग्रहण गर्ने बिधार्थि हरु लगनशील नभय अरु सबै मिथ्या हुनेछन । बिधार्थि उमेरनै चकचके र अपरिपक्व हुने भयका कारण कतिपय अबस्थामा महिनामा कम्तिमा एक पट मनोचिकिर्शक बिधालय मा ल्यायर ज्ञान गुनका कुरा , ब्यबहारिक पक्ष , दक्ष र अदक्ष को भिन्नता , ज्ञानी र अज्ञानि बिच को कहर मा प्रष्ठता , नौतिक शिक्षा लगायतका सन्दर्भमा पनि बिधालयले सिकाउन पर्ने हुन्छ । बिधार्थि आफैमा काचो माटो बराबर हुन खासमा ती बच्चा मा कस्तो बुट्टा भर्नि भन्नि बिषयत बिधालय को हो । तर्सथ लगनशील बिधार्थि भयमा मात्रै खास शिक्षाको ज्योति चम्किने छ अन्यथा जति पढायपनि अध्यारो मा अमिलो पोखे बराबर हुने भयकाले लगनशिल बिधार्थि बिना शिक्षा सुधार्नि परिकल्पना गर्न सकिदैन ।

अभिभावकको उच्च निगरानी सोध , खोज र बोध

शिक्षा सुर्धार्नि हो भने सबैले पहिला आफु बाट प्रारम्भ गर्न पर्ने हुन्छ आफु भनेको नै असल अभिभावक हो । आफ्ना नानि बाबुको पढाइ कस्तो छ , बिधालय मा कसरी प्रस्तुत हुने गरेको छ , अनुसासन को पालना गर्छकि गर्दैन , शिक्षकले दिनुभएको गृहकार्य गर्छ वा गर्दैनन् , घरमा अतिरिक्त समयमा अध्यन गर्छन वा गर्दैनन् यी र यस्ता कुरामा सबैभन्दा पहिला ध्यान अभिभावकले दिन जरुर छ शिक्षक वा बिधालय का अध्यक्ष लाई दोष लगायर वा खुसि बनायर तपाईंको नानि बाबुको भबिष्य बनाउन सकिदैन उनी हरुको भबिष्य बनाउन त सोध तपाईंको बच्चाको सबै कुरा बिषयगत शिक्षक र प्रधानाध्यापक लाई सोधि खोज सोधिसकेपछि के कुरा ठिक छ के सुर्धान पर्छ भनी खोजेर बोध तपाईंको नानि बाबुलाई बोध गराउन सफल भयमा देशको शिक्षाले काचुलि फेर्नि छ । अन्यथा अघि भनेझैं अध्यारोमा अमिलो पोखेझै हुने निश्चित छ ।

कर्तव्यबोधि सरकारि संयन्त्र , बलियो अनुगमन , कडाइ कार्यान्वयन ।

शिक्षा देशकै मेरुदण्ड हो हामिले दक्ष जनशक्ति उत्पादन गर्ने भनेकै शिक्षाका माध्यम बाट हो यदि हामिले दक्ष जनशक्ति उत्पादन गर्न सकियन भने देश बिस्तारै गलत बाटोमा दौडिदै जान्छ त्यसका लागि निकै कर्तव्यबोध भयको सरकारि संयन्त्र चाहिन्छ जस्तो कुनै बिधालय मा कुनै शिक्षक आबश्यक छ त्यो बिधालयमा धेरैले दरदास्त दिनु भयको थियो कुनै शक्ति केन्द्र को दवाबमा शिक्षक न्युक्ति भयमा शिक्षा खस्कदै जान्छ तर सोहि ठाउमा कर्तव्यबोध भयको सरकारि निकाय भयमा योग्य र दक्ष उमेदवार छनोट हुनेछन जब दक्ष ब्यक्तिले अध्यापन जराउन थाल्नेछ तब बिधार्थि हरु पनि दक्ष बन्दै अगाडि बढ्ने छन । यसका लागि निकै बलियो अनुगमन गर्न पर्ने हुन्छ कहि कतै कमि कमजोरी पाएमा निर्ममता पुर्वक कार्वाही गर्ने र माथि गरेको निर्णय लाई कोहि कसैको प्रभाव वा दवाब मा नपरि कार्यान्वयन गर्ने हो भने मात्रै अहिले तपाई हामिले खोजेजस्तो शिक्षा मा नतिजा भेटाउन सकिन्छ ।

शिक्षक , बिधार्थि र अभिभावक भावनात्मक सम्बन्ध ।

खासमा बिधालय को नतिजा तेतिबेला उत्कृष्ट प्राप्त हुने गर्दछ जतिबेला शिक्षक , बिधार्थि र अभिभावक को बिचमा निकै बलियो भावनात्मक सम्बन्ध कायम हुने गर्दछ । अभिभावकले आफ्नो बिधालयको महशुस गर्ने , शिक्षकले बिधार्थिमा आफैले पायका बच्चाको अनुहार देख्ने र बिधार्थिले बा आमा भन्दा मेरो माथिल्लो दर्जाका अभिभावक भनेको हामिलाई शिक्षा प्रदान गर्ने गुरु हुन भनेर अगाडि बढ्ने हो भने त्यहा दुनियाँलाई देखाउन लायक भावनात्मक सम्बन्ध कायम हुन्छ जब भावनात्मक सम्बन्ध कायम हुन्छ एउटाको पिरले अर्को लाई पोल्न थाल्छ तब मात्रै शिक्षा ले परिवर्तनको बाटो समात्ने छ जब शिक्षाको उज्यालो प्रकाश तपाईं हाम्रा नानि बाबुको मस्तिष्क मा पर्छ अनि अभिभावक को खुसिको आकार फैलिएर आकाश भन्दा चौडा हुन्छ बिधार्थि को उच्च चेतना अभिभावक को खुसिको आकार शिक्षकले महशुस गर्नु हुन्छ नि हो अनि बल्ल चेतनाको दियो चम्कक चम्किने छ ।

सुविधा सम्पन्न प्रयोगशाला ।

बदलिँदो समय अनुसार कतिपय ज्ञान हेरेर प्राप्त हुन्छ भने सबैभन्दा बलियो र भर पर्दो ज्ञान चाहिँ प्रयोग गरेर प्राप्त हुने गर्दछ । बिषयगत रुपमा सुविधा सम्पन्न प्रयोगशाला बाट बिधार्थिहरुलाई अध्यापन गराउन सक्ने हो भने सबैभन्दा उपयुक्त यहि हुनेछ । यसैनि हामीले सुविधा सम्पन्न प्रयोगसाला निर्माण गर्न सके बिधार्थि हरु को सिकाईमा निकै निखारता आउने छ भने खुल्ला प्रतिस्पर्धात्मक बजारमा पनि निर्धक्क प्रतिस्पर्धा गर्न सक्ने छन जब हाम्रा नानि बाबुले जहाँ पनि प्रतिस्पर्धा गरेर श्रेष्ठता हाशिल गर्न सक्नेछन तब कोहि कसैले शिक्षाको बिषयमा पिर गरि रहने पर्ने वातावरण हुने छैन।

वातानुकुलित कक्षाकोठा , सुविधा सम्पन्न खेल मैदान र प्रयार्पत खेल सामाग्री हरु ।

बिधार्थि हरु बिहान १० बजे बिधालय आएपछि दिउँसो ४ बजेसम्म आफ्नो कक्षा कोठामा निर्धक्क बस्न सक्ने हुन पर्छ ।जस्तो कि गर्मि मौसमा कक्षामा सरर हावा खेलोस , जाडोमा कक्षामा घाम प्रर्याप्त छिरोस मौसम अनुसार कक्षा कोठा सन्तुलित भयमा शिक्षण शिकाईमा ठुलो टेवा पुग्ने छ अन्यथा उता शिक्षकले पढाइ रहदा यता बिधार्थि हरु उर्खारमाउलो गर्मिले नआतिउन र जाडोले नकठिङग्रिउन । यस्तो भयमा बिधार्थिको शिक्षण सिकाईमा हास आउन सक्छ भने बिधालय मा सुविधा सम्पन्न खेल मैदान र पर्याप्त खेल सामाग्री हुन अति आबश्यक छ किनकि पढेर थकित भयका नानि बाबुहरुलाई उर्जा दिन खेर र खेल सामाग्रीले ठुलो सहयोग पुर्याउछ । जब खेलर शरिरमा उर्जा भरेर कक्षामा अध्यनको लागि बिधार्थि आउछ उस्को स्मरण शक्तिमा निकै बृद्दि भयको हुन्छ यस्तो अबस्थामा बिधार्थि हरुले शिक्षा निकै सहताका साथ ग्रहण गर्न सक्छन ।

माथि उल्लेखित बिषयमा सबै पक्षले मसिनो गरेर ध्यान दिने र अझै केही बुदाहरु थप घट गरेर कार्यान्वयन गर्न सके सबै बिधालय र सबै बिधालय का प्रिय बिधार्थि हरु बाट सोचेजस्तो नतिजा निकाल्न सकिन्छ अन्यथा अनुगमन गर्यो सबल र दुर्लभ पक्ष निकाल्यो तर सहि ढंगबाट कार्यान्वयन गर्न सकियन भने पनि अहिले भन्दा अझै बिकाराल नतिजा आउन सक्छ। तर्सथ बिकास भनेको बाटो बनाउने मात्रै हैन भवन बनाउने मात्रै हैन संचाई गर्ने मात्रै हैन भोलि यो देश हाक्ने अहिले का हाम्रा नानि बाबुलाई असल र ब्यबहारिक शिक्षा प्रदान गर्न सबै सरोकारवाला हरु एकमाना एकताका साथ लाग्नि हो भने उदाहरणीय बन्न र बनाउन सकिन्छ ।

लेखक राजन सुवेदी , रुपा गाउपालिका वडा न २ का वडा अध्यक्ष तथा शिवालय मा बि रुपाका पुर्व बिब्यस अध्यक्ष हुनुहुन्छ ।

 

कमेन्टहरु
Loading...