गन्थन संवाददाता, पोखरा । नेकपा (एमाले) पोखरा महानगर कमिटीले महानगरको नीति, कार्यक्रम तथा बजेटका विषयमा ध्यानाकर्षण र सुझाव पेश गरेको छ । कमिटीले तयारी भइरहेको पोखरा महानगरको नीति, कार्यक्रम तथा बजेटका विषयमा पोखरा महानगरपालिकाका प्रमुखलाई ध्यानाकर्षण गराएको र समुन्नत पोखरा निर्माणका लागि बुदाँगतरुपमा सुझाव पेश गरेको हो ।
पाँच वर्षको कार्यकालमध्ये एक वर्ष पुरा भइसकेपनि पोखरा महानगरपालिकाले अहिलेसम्म उल्लेख्य नयाँ योजना ल्याउन नसकेको उनिहरुको आरोप छ । ‘हाल नेपाल सरकारको गौरवको आयोजनाको रूपमा निर्माण सम्पन्न गरेको पोखराको क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान हुन नसकिरहेको तितो यथार्थले हामीलाई गिज्जाई रहेको छ । अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्नको लागी सम्बन्धीत निकायमा दवाब र लबिङ्ग गर्न आवश्यक छ । त्यसका लागि राष्ट्रिय वा अन्तराष्ट्रिय संघसंस्था, भागिनी सम्बन्ध रहेको शहरहरूको सहयोग मार्फत दबाब सिर्जना गर्न समेत तपाईको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौ । पोखरालाई पर्यटनको राजधानी बनाउने विषय निरन्तर उठाउनु भएको छ सुनेका छ । त्यसै अनुरूप पूर्व तयारीहरू नभएको सर्वविदितै छ ।’ –ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
एमाले पोखरा महानगर कमिटीले पोखरा महानगरपालिकाका प्रमुखलाई बुझाइएको ध्यानाकर्षण तथा सुझाव यस्तो छः
श्री प्रमुख ज्यू,
महानगर कार्यपालिकाको कार्यालय पोखरा महानगरपालिका, न्यूरोड पोखरा।
विषयस् ध्यानाकर्षण सम्बन्धमा ।
पोखरा महानगरपालिका आफैमा प्रकृति प्रदत्त सुन्दर शहर हो भन्ने सर्वविदितै छ। यसलाई
अलिकति सुविधा सम्पन्न र सभ्य महानगर बनाउँदै दुनियाँका सामु परिचित गराउन मात्र सक्यौं भने पोखरा विश्वकै पर्यटकीय गन्तव्य बन्न सक्दछ । हामीले धेरै बताइरहनु पर्दैन। हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० पोखरा महानगर कमिटी सम्मुनत पोखरा निर्माणको अभियानमा सदैव प्रतिवद्ध छ । महानगरपालिकाको नेतृत्व गरीसकेको र हाल सशक्त उपस्थिती भएको एक जिम्मेवार राजनीतिक दलका हिसाबले महानगरको विकास र समृद्धीमा उत्तिकै दायित्व छ भन्ने सम्झेका छौ । पोखरा महानगरपालिकाको दोस्रो कार्यकालको निर्वाचन भएको एक वर्ष पुरा भएको छ। अर्थात् तपाईले नेतृत्व गरेको एक वर्ष वितेको छ। पाँच वर्षको कार्यकालका लागी एक वर्ष सामान्य समय होइन भन्ने बुझनु भएकै छ। यस अवधिमा महानगरबाट भए गरेका काम हेर्दा उल्लेख्य नयाँ योजना नरहेको छ । यसभन्दा पहिलेको अवधीमा हाम्रै पार्टीको नेतृत्वमा महानगरले थुप्रै महत्वपूर्ण र युगान्तकारी योजनाहरू अगाडी सारेको थियो । त्यस बारेमा तपाई निर्वाचित भएपछि झनै राम्रो गरी बुनुभएकै छ। हाम्रो पार्टी नेकपा ९एमाले० हिजो बनेका महत्वपूर्ण योजनाहरू समयमै सम्पन्न होउन् र पोखराको विकास र समृद्धिको गति तिव्रताका साथ अगाडी बढोस भन्ने चाहन्छौ। हामीलाई राम्रोसंग थाहा छ थुप्रै चुनौतीहरू छन् यो पनि थाहा छ की यी सबै चुनौतीहरूले उत्तिकै सम्भावना पनि बोकेर आएका छन् । तसर्थ चुनौतीहरूको सामना गर्दै तिव्र गतिमा अगाडी बढ्न हाम्रो पार्टीका तर्फबाट पूर्ण रूपमा सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दछौ ।
हाल नेपाल सरकारको गौरवको आयोजनाको रूपमा निर्माण सम्पन्न गरेको पोखराको क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान हुन नसकिरहेको तितो यथार्थले हामीलाई गिज्जाई रहेको छ । अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्नको लागी सम्बन्धीत निकायमा दवाब र लबिङ्ग गर्न आवश्यक छ । त्यसका लागि राष्ट्रिय वा अन्तराष्ट्रिय संघसंस्था, भागिनी सम्बन्ध रहेको शहरहरूको सहयोग मार्फत दबाब सिर्जना गर्न समेत तपाईको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौ । पोखरालाई पर्यटनको राजधानी बनाउने विषय निरन्तर उठाउनु भएको छ सुनेका छ । त्यसै अनुरूप पूर्व तयारीहरू नभएको सर्वविदितै छ ।
यसै पृष्ठभुमिमा आव ०८०/८१ को नीति, कार्यक्रम र बजेटको तयारी भईरहेको छ । हाम्रो पाटीको तर्फबाट केही ध्यानाकर्षण र केही सुझावहरू प्रस्तुत गरेका छौं महानगरपालिकाको तर्फबाट ज्ञ कार्यान्वयन हुनेछ भन्ने आशा र अपेक्षा लिएका छौ ।
१। यसअघि नै ुपोखरा पुर्वाधार विकास निगम ऐनु बनेर सभाबाट पास भई बसेको छ। क्रसर उद्योग देखी फोहर मैलासम्म नदीजन्य खनिज देखी शिक्षा र स्वास्थ्यसम्म महानगरका जनतालाई मालिक र सेवाग्राही बनाउने महत्वपूर्ण ऐन बनेको थियो साथै आफ्नै वित्तिय संस्था संचालन गर्ने सम्मको योजना उक्त ऐनमा व्यवस्था गरिएको छ। त्यती मात्रै होइन २५ प्रतिशत महानगर, २५ प्रतिशत सहकारी र ५० प्रतिशत एक घर एक शेयर गरी हरेक घर धुरीलाई जनतालाई जोड्न युगान्तकारी योजनाको रूपमा अगाडी सारेको थियो। उक्त ऐनमा गरिबीको रेखामुनी रहेका घरधुरीको हकमा महानगरले अनुदानको व्यवस्था गर्ने भनिएको छ । यतिमात्र होइन पांच वर्ष भित्र बजेटको आकार २० अर्ब भन्दा बढी र ५० हजार भन्दा बढी रोजगारीको सृजना गर्ने अपेक्षा लिईएको छ । त्यसैले यो ऐनलाई कडाईका साथ कार्यन्वयन गर्न ध्यानाकर्षण गर्दछौ ।
२। पोखरा तालैतालको शहर हो । प्रकृतिले दिएको यो निशुल्क उपहारलाई निरन्तर नास गर्ने काममा उद्दत भएको डरलाग्दो सिनारीयो देखि रहेका छौ। तालको अतिक्रमण मात्र होइन सिमसार जस्तो संवेदनशिल क्षेत्रमा भएका अवान्छित र गैरकानुनी गतिवीधिले हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । पछिल्ला दिनमा यस्ता गिरोहहरू अझ उच्च मनोबलका साथ कुकर्महरू गरिरहेको स्पष्ट छ । त्यतिमात्र होइन फेवातालमा अहिलेपनि २२ ठाउंमा ढल मिसाईएको छ । अझ गम्भिर कुरा त के छ भने टुरिजम बोर्ड र पुलिस व्यारेकको ढल समेत त्यही मिसाईएको छ। फेवातालको संरक्षणका लागी यस प्रकारका गतिविधीलाई तत्काल नियन्त्रण र व्यवस्थापन गर्न गम्भिर ध्यानाकर्षण गराउंदछौं । हामीले सम्झाईराख्नु पर्दैन पोखराका तालहरू विश्व सम्पदा सुचिमा सुचिकृत छन् र तालहरूका लागी सिमसार क्षेत्र अति संवेदनशिल मानिन्छ। ताल तलैयाका लागी सिमसार क्षेत्र मानव शरिरको मृगौला जस्तै हो। हामी यो पनि स्मरण गराउन चाहान्छी की नेपालको संविधान र स्थानिय सरकार संचालन ऐनले समेत जलाधार क्षेत्रको संरक्षणको जिम्मेवारी स्थानिय सरकार लाई नै दिएको छ। त्यसैले फेवातालको जलाधार क्षेत्र पुर्ने गरी गरिएका गतिविधीलाई तत्काल रोक लगाउन पुनः ध्यानाकर्षण गर्दछौ ।
साथै लेखनाथ क्षेत्रका तालहरूको सिमाकंन, मापदण्ड र रूपा परियोजनाका कारण लामो समयदेखी वरपरका जग्गा रोक्का गरि राखिएको छ। यसैले त्यस क्षेत्रका जग्गाधनी लामो समयको रोक्काका कारण समस्यामा छन्। यस समस्या समाधानका लागी महानगरपालिकाको तर्फबाट आवश्यक पहलकदमी र समन्वयका लागी अनुरोध समेत गर्दछौं । तालहरू बिना नत पोखरा पर्यटकीय राजधानी बन्छ नत पोखराको भविष्य नै छ। तसर्थ यी सम्पदाको संरक्षण गर्न कडा कदम उठाउन अनुरोध गर्दछौ।
फोहोर व्यवस्थापन पोखरा महानगरको गम्भिर समस्या हो। महानगरका प्रमुख सहितको टिमले देश तथा विदेशको भम्रण गरी फोहोर व्यवस्थापनका मोडलहरूको अध्ययन अवलोकन गरेको छ । त्यसैले फोहोरबाट मोहोर, फोहोरबाट उर्जा, फोहोरबाट उत्पादन साथै इन्डोर फोहोर व्यवस्थापनका बारेमा हामीले सम्झाईरहनु पर्दैन। यद्यपी अन्तराष्ट्रिय विमानस्थल संचालनसंगै फोहोर व्यवस्थापनको अस्थायी विकल्पको रूपमा पोखरा वडा नं ३२ को मकुवामा व्यवस्था गरिएको छ। हामीलाई राम्रोसंग थाहा छ की लामो समय त्यहाँ फोहर फाल्न सम्भव छैन । स्थानीयसंग हामीले ६ महिनासम्मको लागी मात्र सहमति गरेको स्मरणीय छ। त्यसैले फोहोर व्यवस्थापनको दिर्घकालीन उपाय खोजी गर्न यथासिघ्र प्रकृया अगाडी बढाउन ध्यानाकर्षण गर्दछौं । महानगर मातहतका कार्यलयबाट जनताले सहज रूपमा सेवा लिने वातावरण बन्नु पर्दछ । सेवाग्राही प्रशासनिक गोलचक्करमा परेर काममा अवरोध हुने गरेको छ । काम फत्ते गर्न कित भनसुन गर्नुपर्ने की त लेनदेन गर्नुपर्ने बाध्यात्मक परिस्थिती छ भन्ने व्यापक जनगुनासो छ सेवा प्रणालीलाई सरल र सहज बनाउन आवश्यक छ। दैनिक सेवाका क्षेत्रहरू पहिचान गर्दै डिजिटल एपको विकास गरी तत्कालै सेवा दिने व्यवस्था मिलाउन अति आवश्यक बन्दै गईरहेको छ । साथै महानगरलाई पेपरलेस बनाउने, महानगरको डिजिटल प्रोफाइल तयार गर्ने, पुराना डकुमेन्टको डिजिटल अभिलेख राख्ने र ई(भुक्तानीको व्यवस्था मिलाउने जस्ता कार्यहरू अगाडी बढाउन आवश्यक व्यवस्था गर्नु पर्दछ ।
५। सेती नदीको रामघाट लगायतका अन्य नदीहरूबाट उत्खनन् हुने नदी जन्य पदार्थ ९ढुंगा, गिट्टी, बालुवा० माथी भएको दोहोन राज्य स्रोतको दुरूपयोग हो। यस क्षेत्रमा रहेको ठेकेदारी र विचौलियाहरूको अन्त्य गर्न जरूरी छ यस्ता गैर कानुनी हर्कतलाई तत्काल रोक लगाई पोखरा महानगर क्षेत्रभित्र भएका खनिज पदार्थहरूको स्रोतको संरक्षण र नदिजन्य कटान रोकथामको योजना तयार गरी कार्यान्वयन गर्नु जरूरी छ। यस्ता स्रोतहरूको पहिचान, क्षमता मुल्यांकन गरी चेकड्याम निर्माण गरी संकलन गर्ने र उत्खनन् गर्ने नीतिगत व्यवस्था गर्न आवश्यक छ । त्यसका लागी ुमहानगर पूर्वाधार विकास निगम को व्यवस्थापन एवं लगानीमा संचालन गर्नु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता छ ।
६। पोखरा महानगरपालिका अन्तरगतको कर्मचारी व्यवस्थापन, कार्यविभाजन र मुल्यांकन प्रणाली अव्यवहारिक पुर्वाग्राही र विवादास्पद रहदै आएको छ। मानव संशाधनको व्यवस्थापन नै प्रभावकारी भएन भने सेवा प्रभावकारी हुन सक्दैन । मनोवल र मनोवृत्ति दुवै उच्च र सकारात्मक भएन भने सेवा अवरूद्ध हुन जान्छ त्यसैले छिटो भन्दा छिटो यस्ता समस्याको समाधान गर्नु आवश्यक हुन्छ । महानगरमा अनावश्यक काज ल्याउने, समायोजन भई आएकाले काम नपाउने समस्या छ । करारका कर्मचारीको समस्या त्यस्तै छ अदालतबाट फैसला भएको तर कार्यान्वयन नभएको अवस्थामा करारका एकथरी कर्मचारी आन्दोलनरत छन्। तत्काल अदालतको फैसला कार्यान्वयन गर्न आवश्यक छ । त्यती मात्र होइन करारको विकल्प करार हुन सक्दैन भन्ने मान्यता विपरीत करार हटाएर करार में नियुक्ती गर्नु अर्को अव्यवहारिक काम हो । यस्ता कृयाकलापले सुशासन दिन सकिदैन । लामो समयदेखी महानगरपालिकामा सेवा गर्दै आएका कर्मचारहिरूका हकमा न्यायोचित व्यवस्था गर्नु महानगरको कर्तव्य हो । त्यस्तै सरूवा प्रक्रियालाई वैज्ञानिक र पारदर्शि बनाउन चक्रिय प्रणाली अपनाउन, कर्मचारी व्यवस्थापन निर्देशिका कर्मचारी सरूवा मापदण्ड तयार भई सकेको अवस्थामा कडाईका साथ कार्यान्वयन गर्न अनुरोध गर्दछौ ।
०७। राज्यको गलत नीति र रवैया, युक्रेन र रूस युद्ध, पोष्ट कोभिङको प्रभावले आर्थिक संकट गहिरिदै गएको छ । गाउँमा जग्गा खाली शहरमा सटरहरू खाली, हुदै जाने कुराले राम्रो संकेत गरेको छैन साना तथा मझौला व्यापारीक क्षेत्र ध्वस्त हुदै गएको कुरा बताईरहनु पर्ने छैन । बजारमा विकृत्ती पनि छ र अनावश्यक हल्ला पनि छ यी दुवै कारणले सहकारी क्षेत्र पनि समस्या ग्रस्त बन्दै छन् । पोखरा महानगरपालिका व्यवसायी, उद्योगी र सहकारीका समस्या समाधान गर्न बचतकर्ताहरूमा विश्वासको वातावरण सृजना गर्न, व्यावसायिक वातावरण राम्रो बनाउन विषेश कार्यक्रम ल्याउनु आजको महत्वपुर्ण काम हो ।
८। पोखरा महानगरपालिकाको जनसंख्या वार्षिक रूपमा ४।४५ प्रतिशतले बढिरहेको तथ्यांक छ । त्यस्तै पर्यटन, उद्योग, व्यवसाय अन्य कारणले पोखरा आउने जाने जनसंख्या १२ लाख हुने अनुमान गर्न सकिन्छ । यही आँकडाका आधारमा पोखराको पुर्वधार विकास, सेवा क्षेत्रको विकास साथै सुशासनको क्षेत्रमा गर्नुपर्ने कामको योजना बनाउन आवश्यक छ। जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिने खाद्य सुरक्षाका लागी खाद्य सुरक्षा नीति, परीक्षण ल्याब, तरकारी तथा फलफूलजन्य उत्पादनको विषादी परिक्षण, स्थानीय उत्पादन भण्डारणको लागी चिस्यान केन्द्र, मुल्य नियन्त्रण जस्ता कामलाई प्रभावकारी बनाउन अति आवश्यक छ। यसका लागी आगामी नीति, कार्यक्रम तथा बजेटमा विशेष ध्यान दिन आवश्यक छ ।
९। आज नेपाली समाज निकै संवेदशिल बन्दै गएको छ। विभिन्न कारणहरूले गरिखाने उमेरका युवाहरू विदेश पलायन हुने डरलाग्दो अवस्था त छदै छ अझ डरलाग्दो कुरा त समाजमा निराशा गम्भिर रूपमा फैलिएको छ। यहाँ केही हुदैन, गर्न सकिदैन, अवसर नै छैन भन्ने मनोविज्ञान बनेको छ । यस्तो अवस्थामा महानगरले सुशासन दिनुको साटो हामी सुन्दै छौं महानगरको स्वास्थ्य महाशाखामा कर्मचारीका आफ्ना आफन्ती भर्ति गर्न नपाउँदा उमाउलो भएको छ भने नक्सा पास गर्ने प्रक्रियामा आफ्ना निजी फर्मबाट आए पास नत्र अन्डरपास हुने गरेको जनगुनासो छ। यी सामान्य उदाहरण मात्र हुन्। यो प्रवृत्तिलाई निरुत्साहीत गर्दै सुशासनको ग्यारेण्टी गर्न
हामी बडो शालिनतापूर्वक अनुरोध गर्दछौ । १०। योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको निजी र असंगठित क्षेत्रका लाखौ श्रमीकहरू लाभान्वीत हुने र सुरक्षित हुने कार्यक्रम हो। सामाजिक सुरक्षा कार्यक्रम अर्न्तगत ल्याएर श्रमीकहरूको अधिकार रक्षा गर्न अनुरोध गर्दछौ। साथै असहाय बालबालिका, अपांगता भएका व्यक्तिको सुरक्षा र संरक्षण सडक वालवालिका, घरेलु हिंसाबाट पीडित महिलाहरूको उद्धार पुनस्थापना र संरक्षण गर्ने ठोस कार्यक्रम ल्याउन आवश्यक छ । ११। पोखरा महानगरपालिका भौगोलिक हिसावले देशकै सबैभन्दा ठूलो महानगर हो। ३३ वटा रहेको हाम्रो महानगर मुलतः तिन प्रकृतिका वडाहरू छन्। पहिलो शहरी क्षेत्रका वडाहरू दोस्रो शहर उन्मुख वडाहरू र तेस्रो ग्रामीण क्षेत्रका वडाहरू हामीले नीति, कार्यक्रम र बजेटमा ग्रामीण क्षेत्रका बडाहरूलाई बडाहरूलाई प्राथमिकता दिनुपर्दछ भन्ने हाम्रो दलिल छ त्यती मात्र होइन
महानगरले बजेट व्यवस्था गर्दा अवण्डा राख्ने र आ।व अन्त्यमा आफुखुसी पहुँचका आधारमा वितरण हुने कुराले न त सुशासन दिन सकिन्छ न त बजेटको सदुपयोग नै हुन्छ । तसर्थ अवण्डा राख्ने कुरा अन्त्य हुनुपर्दछ ।
१२। पोखरा महानगरपालिकाको गंभिर समस्या अव्यवस्थीत बसोबास र सुकुम्बासी बस्ति रहदै आएको छ। यो समस्याको दिर्घकालिन समाधान खोज्नुपर्दछ । नेकपा ९एमाले० सरकारमा हुदाँ भुमि व्यवस्था तथा सुकुम्बासी समस्या समाधान आयोग मार्फत धेरै नीतिगत निर्णयहरू भई कार्य प्रारम्भ भएको कुरा दुनियाँका सामु छर्लङ्ग नै छ। प्रभावकारी पहल गरी भुमिहिनहरूलाई भूमि व्यवस्था गर्दै पुर्जा वितरण गर्न र एक घर एक रोजगारको ग्यारेन्टी गर्न पहल गर्नुपर्दछ ।
१३। पोखरेलीहरूको लामो समयदेखीको सपना, अथक प्रयास र संघर्ष स्वरूप पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण भई संचालनमा आएको छ । पहिलो गासमा ढुंगा परे जस्तै ०७९ माघ १ गते यती एअरलाइन्सको विमान दुर्घटनाले हामीलाई ठूलो जनधनको क्षती त भयो नै । राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा समेत नकरात्मक मनोविज्ञान संचार हुन पुगेको कुरा सर्वदिदतै छ । अन्तराष्ट्रिय उडान भर्न ठूलो पहल र प्रयत्न आवश्यक हुन्छ भन्ने कुरा हामीने बताइरहनु पर्दैन । साथै बिमानस्थल क्षेत्रबाट बाहिर आउने वित्तिकै सडकमा देखिने दृष्यले चाही महानगरलाई जिस्काइरहेको छ । त्यस क्षेत्रको सरसफाईमा ध्यान दिदै मान बहादुर जिसी प्रमुख र मन्जुदेवी गुरूङ्ग उपप्रमुख हुदाँ बडो सुझबुझका साथ पोखरा शहर भित्रका अटोवेहरूलाई व्यवस्थापन गर्न ुअटो भिलेज निर्माणु गर्ने तयारी गरेको थियो। त्यसलाई निरन्तरता दिदै पोखरा सिटी भन्दा अल्लि बाहिर राजमार्गबाट नजिकै पर्ने क्षेत्रमा ुअटो भिलेज निर्माण गरी पोखराको सुन्दरतालाई थप योगदान गर्न अनुरोध गर्दछौ ।
१४। महानगरले बनाएका ऐन, नीति र कार्यक्रमहरू कडाईका साथ कार्यन्वयन होस् भन्ने ठान्दछौं । त्यती मात्र होइन शिशुवामा महानगरले संचालन गरेको अस्पताल आज कुन हालत पुगेको छ भन्ने हेक्का त पक्कै पनि छ होला कोभिडको बेला बनेका ति संरचनाहरू आज बेकामे बनाइएको छ । ज्ञ यो अस्पताललाई यथासिघ्र प्रभावकारी रूपमा संचालन गर्न अनुरोध गर्दछौ । स्वास्थ्य महाशाखा तालिम चलाउने केन्द्र जस्तो मात्र देखिदै छ ।
१५। सार्वजनिक जमिनको लगत राख्ने, खोलानाला तालतलैयाको मापदण्ड निर्धारण गर्ने र संरक्षण गर्ने कामलाई प्राथमिकता राख्न अनुरोध गर्दछौं। जग्गा वर्गिकरण सम्बन्धी निर्णय भने अव्यवहारीक भएको महसुश गरेका छौ दवाब था हचुवामा गरीने यस्ता कार्यले दिर्घकालीन असर पार्दछ भन्ने कुरा प्रष्ट नै छ। आवास वा पर्यटकीय क्षेत्र भनि जग्गा वर्गिकरण भएको छ। तिनै ठाउँमा नहर वा कुलो जस्ता सिचाईको योजना पर्ने सम्भावना देखिदै छ । त्यस्तो भएको खण्डमा अनौठो नमान्दा हुने गरी जग्गा वर्गिकरण भएको प्रति हाम्रो ध्यानाकर्षण भएको छ। यसलाई महानगरको गुरूयोजना संग समायोजन गरी निर्णय लिन अनुरोध गर्दछौ ।
१६। पोखरा महानगरपालिका भित्र संधिय सरकार, प्रदेश सरकार र महानगरकै थुप्रै योजनाहरू निर्माण व्यवसायी कम्पनीको लापारवाही वा ढिलासुस्तीका कारण समयमा नसकिदाँ जनताले सास्ती व्यहोर्नु परेको छ । व्यवसायीका लागी सरकारका तर्फबाट सहजीकरण गरीदिउ अन्यथा समयमै काम सम्पन्न गर्न बाध्यात्मक परिस्थिती निर्माण गरौं। निर्माण गर्दा एकिकृत विकासको मोडल अपनाऔं। बाटो बनाएर नसक्दै पानि र विजुली योजनाले बाटो भत्काउनु पर्ने स्थीतिबाट कम्तिमा पोखरा महानगर मुक्त होस् । निर्माण कार्यगर्दा सरकार होस् वा व्यक्ति सबैले निर्माण सामाग्री उचित व्यवस्थापन गर्नु पर्दछ । पोखराको न्युरोडमा बन्दै गरेको डिभाइडरको निर्माण सामाग्रीका कारण आम जनतालाई भोग्नुपरेको सास्ती प्रति ध्यानाकर्षण समेत गर्न चाहान्छौ ।
१७ महानगर भित्रको यातायात ब्यवस्था अस्तव्यस्त छ। एकिकृत यातायात व्यवस्थापन योजना निर्माण, बस स्टप निर्धारण, मेट्रो यातायात व्यवस्थापन, लामेआहाल बसपार्क निर्माण, पृथ्वीचोक बसपार्कलाई सिटी बस टर्मिनलका रूपमा विकास, पर्यटन बसपार्कको संचालन, व्यवस्थापन जस्ता बिषयलाई विशेष ध्यान दिनु आवश्यक छ साथै पार्किङ समस्या समाधान गर्न अन्डर ग्राउण्ड पार्किड, बहुतले पार्किङ व्यवस्थापन गर्न ध्यान दिन अनुरोध गर्दछौ ।
अघिल्लो पाँच वर्षमा हाम्रो पार्टी नेतृत्वमा अगाडी सारेका योजनाहरू पोखराको विकासका लागी अति नै महत्वपूर्ण छन् । चाहे त्यो चौपायहरूको व्यवस्थापन गर्ने कुरा होस्, चाहे आधुनिक बधशाला निर्माणको परिकल्पना किन नहोस् त्यती मात्र होइन ‘लेक टु लेक’, ‘केभ टु केभ’ र ‘टेम्पल टु टेम्पल’ पदमार्ग निर्माण गर्ने, पोखरा रिङ्गरोड निर्माणका योजना, करीडोर निर्माण जस्ता पोखराको गौरवका योजनाहरू इथाशिघ्र कार्यान्वयन हुनुपर्दछ । त्यस्तै फजुल खर्च र चुहावट नियन्त्रण, भ्रमण खर्च कटौति जस्ता निर्णयहरूलाई निरन्तरता दिन गंभिर ध्यानाकर्षण गराउदछी । धन्यवाद !
जीवन प्रसाद आचार्य (सचिव) दिलिप न्यौपाने (अध्यक्ष)