पोखरा ।गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले जिउँदो इतिहासका रुपमा रहेका आमा बुवाहरु राष्ट्रका अमुल्य सम्पत्तिको रुपमा रहेको बताएका छन्।
बुधबार सामाजिक व्यक्तित्व प्रभा पौडेल सुवेदीद्धारा प्रकाशित पुस्तक आमा २ विमोचन गर्दे उनले आफनो जीवनकालभरि परिवार, समाज र राष्ट्रका लागि महत्वपुर्ण योगदान दिएका आमाको ज्ञान सीप र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिए ।
पछिल्लो समय जेष्ठ नागरिकलाई बृद्धाश्रम पठाउने क्रम बढ्दै गएको प्रति दुख ब्यक्त गर्दे साँसद बरालले आमा बुवालाई आफनो परिवारसंग रमाउने वातावरण सृजना गर्नु असल सन्तानको पहिलो कर्तब्य रहेकोमा जोड दिर्दै सुवेदीको यो कार्यको खुलेर प्रसंशा गरे ।
त्यसैगरी, नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नैतिक शिक्षाको अभाबका कारणले समाज बिकृत हुदै गएको बताए ।
संसारको बहुमुल्य ज्ञान आमाबाटै प्राप्त हुने भन्दै उनले आमाको महिमा अपरम्पार रहेको बताउनुभयो । उहाँले करुणा र प्रेमकी खानी आमालाई घर परिवारले मात्र नभै राष्ट्रले समेत सम्मान गर्नुपर्नेमा जोड दिए ।
पुस्तकका लेखक दुर्गा अधिकारीले संसारमा आमाको महत्व शब्दमा ब्यक्त गर्न नसकिने भन्दै बिभिन्न धर्म ग्रन्थले समेत आमाको महिमालाई बर्णन गरेको बताइन् ।
उनले सामान्य लेखपढ गर्न सक्ने व्यक्तिले पनि सजिलै बुझन सकुन भन्ने उदेश्यले पुस्तकलाई सरल भाषा र शब्दमा लेखिएको जानकारी दिइन् । पुस्तकमा आमाको आफ्नो अनुभुतिहरुका साथै विगतको समाज, मुल्य, मान्यता, संस्कार, परिबेश र स्थान अबस्थाको बारेमा जानकारी दिइएको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सीना पगेनीले सन्तानको सबैभन्दा नजिकको साथी आमा हुने भन्दै आमासंग सन्तानले हरेक सुखदुख बाड्न सक्ने बताइन् । जेष्ठ नागरिकलाई हुने दुरव्यवहार कम गर्न जेष्ठ नागरिकका लागि बनेका ऐन कानुनको समाजमा सचेतना जगाउनुपर्नेमा उनले जोड दिइन् ।
पुस्तकका प्रकाशक समाजसेवी प्रभा पौडेल सुबेदीले आमाको ८१ औ जन्मोत्सवमा आमाले प्रदान गरेका ज्ञान, शिक्षा, वंश, शाखा सन्तानमा जानकारी दिने उदेश्यले पुस्तक प्रकाशनमा ल्याएको जानकारी दिइन् । जीवनका हरेक सुखदुखमा आमाको साथ माया र हौसलाकै कारणले आफु यहाँसम्म आइपुगेको बताइन् । उनले आमाको सम्मान र श्रद्धामा यो पुस्तक आमा २ प्रकाशन गरेकी हुन् । यस अघि पनि उनले आमा पुस्तक प्रकाशन गरेकी थिइन् ।
ब्रम्हकुमारी इश्वरीय बिश्वबिद्याल पार्दी शाखाकी प्रमुख ब्रम्हकुमारी राजयोगीनी अप्सराले मानिस भौतिक सुख प्राप्तिका लागि दौडदुपका कारणले समाजमा अशान्ती बढेको उल्लेख गर्दे शान्तीका लागि आत्मिक ज्ञानको महत्वपुर्ण भुमिका रहने बताइन् । कार्यक्रममा प्रकाशककी आमा इन्दिरा शर्माले कबिता बाचन गरेकी थिइन्।
प्रकाशकका पिता नेत्रविलास शर्माको अध्यक्षतामा भएको थियो ।