इजरायल प्यालेस्टाइन बिच बढ्याे तनाब, दुई दिनमा २० को मृत्यु

काठमाडौं । इजरायल–प्यालेस्टाइन बिचको तनाव फेरी बढेको छ ।

 

अलजजिराका अनुसार बुधवार देखी पुन सुरु भएको तनावमा अहिलेसम्म २० जना मारिएका छन् । यसरी मारिनेमा रकेट कमाण्डरसमेत रहेका छन्  ।

 

बुधबार प्यालेस्टाइन लडाकुहरूले गाजा क्षेत्रबाट इजरायलतर्फ ६० भन्दा बढी रकेट प्रहार गरेका छन्  भने इजरायली सेनाले पनि इस्लामिक जिहादको रकेट लन्च गरिने क्षेत्रमा हवाई आक्रमण गरेको जनाएको छ ।

प्यालेस्टाइनका अधिकारीका अनुसार बिहिवार मात्रै गाजा क्षेत्रमा आक्रमणमा परी तीन प्यालेस्टाइन नागरिकको मृत्यु भएको छ भने दुई दिनयता इजरायलको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

 

इजरायलले गाँजामा आफ्नो हवाई आक्रमण जारी राखेको छ । साे अनुसार कम्तिमा २० प्यालेस्टाइनीहरू मारिएका छन्, जसमा कम्तीमा पाँच महिला र पाँच बालबालिका, साथै प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनका नेताहरू छन्।

 

इजरायली सेनाले बिहीबार बिहान गाजाको दक्षिणी खान युनिसको एउटा भवनमा भएको हवाई आक्रमणमा रकेट युनिटका कमाण्डरलाई निशाना बनाएको थियो । जुन निसानामा परी युनिट कमाण्डरकाे को मृत्यु भएको हो ।

कमेन्टहरु
Loading...