कृति भट्टराई ।
२०६५ सालदेखि त्रिभुवन विश्वविद्यालयमा निरन्तर हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आगामी चैत ५ गते देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ ।
नेपालको राजनीतिमा विद्यार्थी आन्दोलनको भूमिका आफैमा स्मरणयोग्य र प्रेरणादायी छ । पञ्चायतकालमा चलेको आन्दोलन एवं पञ्चायतको विरुद्धमा स्ववियुले नै निर्वाह गरेको भूमिका विद्यार्थी आन्दोलनका लागि उदाहरणीय बनिरहेका छन् । हिजोका दिनमा विद्यार्थीका हितको आवाज शासक वर्गको कानसम्म त्यहीँ स्ववियुको माध्यमबाट पुग्थ्यो । नेपालको इतिहासमा शासन व्यवस्था संचालनमा जनता प्रधानहुने कुरा (लोकतान्त्रिक आन्दोलन) पनि स्ववियुको निर्वाचनबाट सुरुवात भएको थियो ।
यसरी विभिन्न आन्दोलनको अगुवाई गर्ने विद्यार्थि आन्दोलनको अवस्था आज कस्तो छ ? स्मरण गरौँ ।
विद्यार्थीको हकहितका लागि भन्ने भनाइका साथ विद्यार्थि सङ्गठनहरु मैदानमा उत्रिएका छन् तर विद्यार्थी आन्दोलनको अवस्था आज हजारौं विद्यार्थीहरु जब प्रमाणपत्र तह उत्तीर्ण गर्छन् उनीहरुको पहिलो रोजाइ विदेश हुने गरेको छ । अब हामी विद्यार्थी नेता अर्थात् विद्यार्थी संगठनको नेता हो भनिरहँदा नेपाल बस्नु पर्छ भन्ने आधार के ? विद्यार्थीहरुलाई कसरी उत्प्रेरित गर्ने ? यो आजको अहम् खोज को विषय हो ।
युवाहरुमा केहि गर्नुपर्छ भन्ने हुटहुटि हुने समय भनेकै विद्यार्थी जीवनमा हो । यो समयमा साथ र हौसला दिन अविभावकको खाचो हुन्छ । त्यहि अभिभावकको रुपमा स्थापित रहन विद्यार्थी आन्दोलन आजको आवश्यक बनेको छ । तर जब–जब देशमा राजनीतिक परिवर्तनहरू हुँदै गए, तव विस्तारै विद्यार्थी शक्ति दलीय आकर्षण र दलको दवाबमा परेर विद्यार्थी आन्दोलनले फरक मोड लिएको छ । मुल्यवृद्धि हुदाँको समयमा सरकारमा रहेको पार्टिको भात्रृसङ्गठन मौन रहने, विपक्ष दलले आवाज उठाइरहने, विरोध गर्ने जस्तो प्रवृत्तिले गर्दा विद्यार्थी सङ्गठनको अस्तित्व सहि ठाउँमा उपभोग भएको पाइदैन । केन्द्रमा भागबन्डा नमिल्दा, नेताहरुबीच तालमेलका कुरा नमिल्दा सडक तताउने सङ्गठन विद्यार्थीको लागि अभिभावक नभएको महसुस भएको छ।
तर अब यसो हुन दिनु हुदैन र दिँदैनौ पनि । यसैका लागि हामी विद्यार्थी राजनीतिमा आएका छौं । यहाँ विकृति अनेक छन् तर टुलुटुलु हेर्न सक्ने शक्ति म मा छैन । स्ववियु निर्वाचनलाई स्वागत गर्छु तर यो विकृतिलाई परै राखेर । यहाँ यस्तो चलखेल हुन्छ भनेर टाढै रहेर गाली गर्ने भन्दा येही भित्र रहेर विकृतिको विरोध गर्ने र स्ववियुलाई सही दिशातर्फ लैजान प्रेरित गर्न सम्पुर्ण विद्यार्थीहरुको भुमिका हुन्छ । यो भुमिक निर्वाह गर्न आम विद्यार्थीलाई आग्रह गर्न चाहन्छु ।
स्थानिय चुनाव र सघंको चुनाव नजिकैबाट निहाल्ने मौका मैले पाएकी थिए । विद्यार्थीहरुको न्युन सहभागिता हुनुको कारण, विद्यार्थीको मुद्दा सदनसम्म नपुग्नुको कारणको खोजिमा स्ववियु निर्वाचनको कमिको महसुस गरेकि थिए । आज धेरै युवाहरुमा राजनीतिक चेतना कम रहेको पाइन्छ । वौद्दिक क्षमता वृद्दि गर्न विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रियमा भएका विषयवस्तु उठान गरि बहस गर्ने वातावरण सिर्जना गर्न, विद्यार्थीको अधिकार सुनिस्चित गर्न, आम विद्यार्थीको निष्पक्ष अभिभावक रहेर काम गर्न, खोज अनुसन्धान गरेर क्षमता वृद्दि गर्न आजको विद्यार्थी आन्दोलनको भुमिका हो ।
स्ववियु नहुदाँको समयमा प्रशासनिक गतिवधि शुन्य, चरम भ्रष्ट«ाचार, अनियमित कक्षा, दादागिरि, प्रशासन हस्तक्षेप जस्ता गतिविधि भैरहेका छन् । रिजल्ट समयमा नआएका कुरा, विद्यार्थीका कक्षाकोठामा भएका समस्या, समयमै परिक्षा नहुने कुरा, ४ वर्षको स्नातक ६ वर्ष लागेको कुरा लगायत अन्य कुरामा विद्यार्थीको आवाज बन्न स्ववियु आजको आवश्यक हो । यस कुरालाई जोड दिन स्ववियु निर्वाचन हुनु पर्छ तर स्ववियु नजिकिरहदा उम्मेदवारहरु क्याम्पसमा सक्रिय विद्यार्थीले भन्दा नेताका छोराछोरीले बढी स्थान पाइने प्रवृतिको हाबी भैरहेको पाइन्छ ।
हामीलाई नेताका खोल्तिका मान्छे भन्दा वौद्दिक व्यक्तिको खाँचो छ जो आम विद्यार्थीकाे आवाज बन्न सकोस् । म एक आम विद्यार्थीको रुपमा तपाईहरुसंगै रहने छु । अनेरास्ववियुलाई विद्यार्थीको पक्षमा उभ्याउन पहल कदमी लिइरहने छु ।