पोखरा । मुग्लिन–पोखरा सडकखण्ड अन्तरगत तनहुँमा आज रातिदेखि दैनिक ४ घन्टा सडक बन्द गरेर काम गरिने भएको छ ।
तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो।
फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने बताइएको छ ।