काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा शुक्रबार शोक विदा हुने भएको छ ।
बुधबार बसेको कार्यकारी परिषद्को बैठकले त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधनको शोक विदा दिने निर्णय गरेको हो ।
उप्रेतीको फागुन ८ गते निधन भएको थियो ।
पूर्व निर्धारित परीक्षाहरु यथावत रहने गरी त्रिवि केन्द्रिय कार्यालय लगायत त्रिविका सबै आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द हुने त्रिविले सूचना मार्फत जानकारी दिएको छ ।