स्ववियु पिएन सभापतिका लागि एस निकट अनेरास्ववियूबाट ३ जनाकाे चर्चा

गन्थन संवाददाता, पोखरा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन मिति घोषणा भएसँगै सभापतिका लागि विद्यार्थी संगठनका नेताहरुको नाम चर्चामा आउन थालेको छ । लामो समयदेखि निर्वाचन नभएकाले पनि सबैले आ–आफ्नो दावी तथा चर्चा हुन थालेको हो ।

एकीकृत समाजवादी निकट अनेरास्ववियूबाट पनि पृथ्वी नारायण क्याम्पसमा स्ववियु सभापतिका लागि ३ जनाको चर्चामा आएको छ ।

सभापतिमा आकांक्षा व्यक्त गर्नेमा गर्नेमा सन्तोष न्यौपाने, बज्रराज अधिकारी ‘सुरज’ र रसिक न्यौपाने रहेका छन् । सन्तोष न्यौपाने अनेरास्ववियू पृथ्वी नारायण क्याम्पसका पूर्व अध्यक्ष तथा स्थायी कमिटी सदस्य हुन् भने बज्रराज अधिकारी ‘सुरज’ अनेरास्ववियू जिल्ला अध्यक्ष तथा स्थायी कमिटी सदस्य हुन् । त्यस्तै रसिक न्यौपाने अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसका अध्यक्ष हुन् ।

संगठनले सबै परिस्थितिहरु विश्लेषण गरेर मात्र उचित न्यायोचित निर्णय लिने अनेरास्ववियूका केन्द्रीय उप–महासचिव राजन शर्मा पराजुलीले बताएका छन् ।

२०६५ सालको स्ववियु निर्वाचन पछि पृथ्वीनारायण क्याम्पसमा अहिलेसम्म निर्वाचन भएको छैन । सभापति, सचिव र कोषाध्यक्ष सहित आधा सदस्यहरु प्रत्यक्ष निर्वाचित हुनेछन् भने उप सभापति, सहसचिव र बाँकी सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् ।
त्रिभुवन विश्वविद्यालयले यहि चैत्र ५ गते स्ववियु निर्वाचनको घोषणा गरिसकेको छ ।

कमेन्टहरु
Loading...