शान्त वातावरणमा निष्पक्ष निर्वाचन गराउन आयुक्त तुलाधरको आग्रह

शिक्षा पन्त, लमजुङ । निर्वाचन आयोगकी आयुक्त डा. जानकी कुमारी तुलाधरले भयरहित शान्त बातावरणमा निष्पक्ष रुपमा आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन गर्न आग्रह गरेकी छिन् । आयुक्त तुलाधरले आइतबार वेसिशहरमा आयोजित प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९ मतदान अधिकृत तथा सहायक अधिकृतलाई एक दिने तालिकमको उद्घाटन क्रममा सो कुरा व्यक्त गरेकी हुन् ।

तुलाधरले मतदातालाई मताधिकार सुनिश्चित गर्न मतदान व्यवस्थापनका लागी यसपटक हरेक मतदान केन्द्रहरुमा अपाङगमैत्री, जेष्ठ नागरिकमैत्री, लैगिक मत्रीबनाउन आयोगले निर्देशन गरेको बताइन् । निर्वाचनको क्रममा मंसीर १ गतेभित्र मदानअधिकृत सहायक मतदान अधिकृतको टोली मतदान केन्द्रमा पुगेर आफ्नो जिम्मेवारी वहन गर्न उनले निर्देशन दिइन् ।

निर्वाचनको क्रममा पत्रकार तथा पर्यवेक्षकलाई निर्वाधरुपमा मतदान केन्द्रमा प्रवेश गर्न दिइ चाहेको सूचना दिनुपर्ने बताइन् । प्रजातन्त्रको सुन्दर पक्ष बालिग मताधिकार रहेको भन्दै आवधिक निर्वाचनमा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, मतदाता सबैले कानुनको पालना गर्नुपर्नेमा जोड दिइन । साथै निर्वाचनको क्रममा मतदान केन्द्रमा हुने त्रुटीको भागिदार स्वयम् कर्मचारी हुनु पर्ने तुलाधरले चेतावनी दिइन्।

प्रमुख जिल्ला अधिकारी शुसिल वैद्यको अध्यक्षता भएको कार्यक्रममा, लमजुङका मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनाल, सुरक्षा प्रमुखहरु लगायतको सहभागीता थियो । सो एक दिने तालिममा जिल्लाका एक सय २८ मतदान स्थलका एक सय ८६ मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरु सहभागी भएका थिए ।

लमजुङको प्रदेश क मा ६३ हजार ५ सय ७५ मतदाता र प्रदेश ख ६९ हजार ९ सय ८४ मतदाता गरि कुल एक लाख ३३ हजार ५ सय ५९ मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।

कमेन्टहरु
Loading...