पाेखरा । तनहुँको शुक्लागण्डकी–४, दुलेगौंडा हेल्थपोष्टचोकमा मुख्य कार्यालय रहेको डिजी लिंक नेटवर्कले ट्राफिक प्रहरीलाई एन ९५ मास्क र ट्राफिक चेकिङका क्रममा प्रगोग गरिने बोर्ड प्रदान गरेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत इलाका प्रहरी कार्यालय बेलचौतारा अन्तर्गत रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुख ट्राफिक प्रहरी सहायक निरिक्षक तेज बहादुर रावललाई विहिवार ती सामाग्री हस्तान्तरण गरिएको हो ।
डिजी लिंककातर्फबाट संरक्षक तिर्थराज खनालले तीन थान बोर्ड र ४० थान मास्क प्रदान गरेका हुन् । सो अवसरमा अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुख ट्राफिक प्रहरी सहायक निरिक्षक रावलले डिजी लिंकलाई धन्यवाद दिए ।
पृथ्वीराजमार्ग निर्माणको क्रममा अत्याधिक धुलो र धुवा रहेकाले ट्राफिक प्रहरीको स्वास्थ्यलाई मध्यनजर गर्दै ४० थान एन ९५ मास्क प्रदान गरिएको प्रबन्धक निर्देशक विवेक वाग्लेले जानकारी दिए । सञ्चालन निर्देशक मदन केसीले प्रदान गरिएको सामाग्रीको उचित प्रयोग हुने विश्वास व्यक्त गरे ।
डिजी लिंकले तनहुँको शुक्लागण्डकी, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, घिरिङ गाउँपालिका र कास्कीको लेखनाथ क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । कम्पनीले यसअघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।