स्याङ्जा १ प्रतिनिधि सभामा त्रिपक्षीय भिडन्त 

स्याङ्जा / मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं १ मा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।
जसमा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा, नेकपा एमालेबाट नारायण मरासिनी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाेधराज रेग्मी रहेका छन् । थापा २०७० काे विजेता हुन्, मरासिनी २०७४ काे विजेता हुन् भने रेग्मी पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन । रेग्मी युवा व्यवसायी तथा समाजसेवी हुन् ।
थापाको दावी गठबन्धनको साथले जित्छु भन्ने छ भने मरासिनीकाे अघिल्लो निर्वाचन राम्रो मतान्तरले जितेको कारण सम्भावना मजबुत भएको दाबी छ।
तर रेग्मी भने उहाँहरु दुवै टेस्टेड र फेलियर भएको र स्याङ्जाली जनता उहाँहरुकाे कामबाट पटक्कै सन्तुष्ट नभएको कारण अहिलेको सचेत मतदाताले आफुलाई मतदान गर्ने दाबी गर्छन् ।
बैकल्पिक राजनीतिक शक्तिकाे रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी सदैव देश र जनताका पक्षमा रहेको उनकाे भनाइ छ ।
कमेन्टहरु
Loading...