पोखरा विश्वविद्यालयमा अध्ययनरत फिजियोथेरापीका विद्यार्थी विभिन्न मागसहित अनशनमा

पोखरा । पोखरा विश्वविद्यालयमा अध्ययनरत फिजियोथेरापीका विद्यार्थीले विभिन्न मागसहित अनशन सुरु गरेका छन् ।

स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्स अन्तर्गत फिजियोथेरापी कार्यक्रम सम्बन्धित निकायमा दर्ता नगरिएको भन्दै विद्यार्थीले बिहिबारदेखि अनशन थालेका हुन् ।

‘पोखरा विश्वविद्यालय अन्तर्गत स्कुल अफ हेअल्थ एन्ड एलाइड साईन्समा बिगत २०१८ देखि खुलेको फिजियोथेरापी कार्यक्रम आजको मिति सम्म पनि सम्बन्धित परिषदमा दर्ता नभएको र भैतिक पुर्वाधारको कमि हुदा हामी आमरण अनसन जस्तो कठोर कदम लिन बाध्य भएका छौ । नेपाल स्वास्थ्य व्यवसायी परिषद (एनएचपिसि)ले बिभिन्न भौतिक पुर्वाधार एवम स्रोत साधनको कमि भनेको हुदाहुँदै पनि पोखरा बिश्वबिद्धालयले सन २०१८ , २०१९मा भ्रममा राख्दै बिद्यार्थी भर्ना गर्ने र कार्यक्रम संचालन गरेकोमा हामी आक्रोशित छौ । पुर्व पदाधिकारी स्वास्थ बिज्ञान संकायका पुर्व डिन डा खेमराज जोशी एवम स्कुल अफ हेअल्थ एन्ड एलाइड साईन्सका पुर्व निर्देशक डा. डमरु पनेरुको यो कदमले हाम्रो भविष्यमा नै ठुलो प्रश्न उठेको छ । झण्डै ज्ञण् लाख लिएर विद्यार्थीहरुलाई अन्योलमा राख्दै सम्बन्धित परिषदमा पारित नगराई विषयमा भर्ना लिने जस्तो जघन्य अपराधको स्पस्टिकरण हामिले सम्बन्धित व्यक्तिसंग माग्दछौ । हालका पदाधिकारीहरुलाई पनि कर्तव्यबोध गर्दै यथासिघ्र संम्वन्धित परिषदमा दर्ता गराउने र भौतिक पुर्वाधार बनाउने लिखित प्रतिबद्ध दिन हार्दिक अनुरोध गर्दछौ ।’ विद्यार्थीले विज्ञप्तिमार्फत भनेका छन् ।

 

 

कमेन्टहरु
Loading...