लमजुङ प्रहरीले ४४ हजार ७ सय ७० रुपैयाँ नगदसहित सात जना जुवाडे पक्राउ गरेको छ । शनिबार दिउँसो २ बजे सदरमुकाम बेँसीशहर ७ पुरानो बैंकचोक स्थित बुद्धि कुमार श्रेष्ठको घरबाट जुवा–तास खेल्दै गरेका सात जनालाई लमजुङ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुबाट १६० पत्ती तास र नगद ४४ हजार ७ सय ७० रुपैयाँ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले बताए । उनका अनुसार पक्राउ पर्नेमा बेँसीशहर नगरपालिकाका तीन जना, मर्स्याङ्दी गाउँपालिकाका दुई जना, दोर्दी गाउँपालिकाको एक जना र नवलपरासी जिल्लाका एक जना रहेका छन् ।
आइतबार सार्वजनिक बिदा परेका कारण उनीहरूलाई सोमबार जिल्ला प्रशासन कार्यालय लमजुङमा म्याद थप गरी अनुसन्धान गरिने इन्स्पेक्टर रेग्मीले जानकारी दिए ।