लमजुङको मध्यनेपालमा टिप्पर दुर्घटना, चारजनाको घटनास्थलमै मृत्यु

लमजुङ,१५ जेठ । लमजुङको मध्यनेपालमा टिप्पर दुर्घट्ना हुँदा चारजनाको ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्वर ७ र ८ को सिमाना पर्ने कोईलेनी भन्नेस्थानमा बा ४ ख ७७८१ नम्वरको टिप्पर दुर्घट्ना भएको हो । दुर्घटनामा परि टिप्पर चालक सहित चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा सोहि टिप्परका चालक अन्दाजी २७ वर्षिय आकाश घिमीरे सहित सो आयोजनाका सुपरभाईजर र सहयोगी रहेका छन् ।
त्यसैगरी अन्य मृतक मध्ये सोहि आयोजनाका सुपरभाईजर अन्दाजी ४५ वर्षिय उत्तम न्यौपाने रहेका छन् भने अन्य दुईजना अन्दाजी २८ वर्षिय पारस शाह र अन्दाजी २५ वर्षिय रविन्द्र सेढाई रहेका छन् । उनिहरुको नाम खुलेपनि ठेगाना भने एकिन नभएको प्रहरीले जनाएको छ ।
मध्यपाहाडी लोकमार्ग अन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमाण्डप कन्सट्रक्सन प्रालिको टिप्पर दुर्घटना भएको हो । सडक आयोजनाका लागि ढुंगा ढुवानी गर्नेक्रममा टिप्पर सडकबाट करिव ३० मिटर तल खसेको हो ।  –न्युज कारखाना

कमेन्टहरु
Loading...