लगातार धनराज अगाडि

पोखरा/पोखरा महानगरमा यतिबेला आधाभन्दा बढि मत गन्दा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका एकिकृत समाजबादीका नेता धनराज आचार्य एमालेका उम्मेदवार कृष्ण थापा भन्दा करिव ३५०० मतले अगाडि बढेका छन् । भने उपमेयरमा गठबन्धनकी उम्मेदवार कोपिला रानाभाट र एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङको बिचमा कडा प्रतिस्पर्धा रहेको छ ।
एमालेको पकड वडाहरुमा पनि वडा अध्यक्षले बिजयी हाँसिल गर्दा पनि मेयरमा भने गठबन्धनका मेयरका उम्मेदवार आचार्यलाई धेरै मत आएको छ । १० हजार भन्दा मत बदर हुँदा पनि आचार्यले लगातार लिड गरिरहेका छन् ।

कमेन्टहरु
Loading...