पोखरामा १५० मत गणना हुँदा एमालेका कृष्ण थापालाई अग्रता

 

पोखरामा १५० मत गणना हुँदा नेकपा एमाले उम्मेद्वार कृष्णबहादुर थापाले अग्रता लिएका छन् ।

पोखरा १ को ५० र पोखरा १२ को १ सय मत गणना हुँदा एमालेका थापाले ६१  मत पाएका छन् । गठबन्धनका धनराज आचार्यले ५० मत पाएका छन् ।

उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले ६० र गठबन्धनकी कोपिला रानाभाटले ५९ मत पाएकी छन् ।

कमेन्टहरु
Loading...