मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको निधन

पोखरा । स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।  वालिङ नगरपालिका १४ मा शुक्रबार दिउँसो भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको हो । ११ जना घाइतेलाई पोखरा ल्याइएको स्याङ्जाका प्रमुख जिला अधिकारी राजु प्रसाद पौडेलले जानकारी दिए । जिप ५ सय मिटर तल खसेको जनाइएको छ ।

कमेन्टहरु
Loading...