बिकास हेर्नका लागि १३ नं. वडा आउने बनाउछु –बराल

पोखरा/ पछिल्लो समय पोखरामा चुनावी सरगर्मी बढेसँगै नेपाली काँग्रेस वडा नं. १३ ले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । आईतबार पोखरा भद्रकाली वरिपरी घरदैलो कार्यक्रममा वडा अध्यक्ष किरण बरालको टोली जनताको घरघर पुगेको थियो । वडा अध्यक्षका प्रत्यासी किरण बरालले पोखरा महानगरपालिका नै नमुना वडा बनाउनका लागि आँफुहरुलाई मतदान गर्न आव्हान गर्दै हिडेका छन् ।
अध्यक्षका प्रत्यासी बरालले आफु दलको मात्र उम्मेवार नभएर समग्र वडा नं.१३ का युवाहरुको पनि उम्मेवार भएको दावी गदै पोखरामा हेर्न लायक वडा बनाएर हेखाउने प्रतिवद्धता जनाएका थिए । बरालले चुनावी घरदैलो अभियान भोट माग्नका लागि मात्र नभएर सुझाब माग्नका लागि गरिएको बताउँदै निर्वाचन जित्छ कि हार्छ भन्ने प्रश्न नै नरहेको बरु जित कति मतले हुन्छ भन्ने रहेको जिकिर गरे ।

कमेन्टहरु
Loading...