गण्डकीमा ८५ पालिकाको नेतृत्व गर्न ३३३ को मनोनयन

 

गण्डकी प्रदेशमा १ महानगर सहित ८५ पालिका छन् । महानगर सहित २७ नगरपालिकाको मेयरमा १ सय ५१ जनाको उम्मेदवारी दर्ता भएको छ ।
उपमेयरमा भने ८४ जना मात्रै छन् । ५८ गाउँपालिकाको नेतृत्वका लागि १८२ जनाले उम्मेदवारी दिएका निर्वाचन आयोगले जनाएको छ । उपाध्यक्ष बन्न भने १ सय ३७ को मात्रै उम्मेदवारी छ ।

यस्तै, यहाँका ७५९ वडाहरूको अध्यक्षका लागि १ हजार ३ सय ९१ जनाले मनोनयन दर्ता गरेका छन् । महिला सदस्यमा ९ सय ८, दलित महिला सदस्यमा ७ सय ९० र दुई खुला सदस्यका लागि १ हजार ९ सय ६९ जनाको मनोनयन परेको छ ।

गण्डकीमा कुल ५ हजार ६ सय १२ जनाले मनोनयन दर्ता गराएका हुन् । सबैभन्दा बढी मनोनयन पोखरा महानगरमा परेको छ भने सबैभन्दा कम नार्पाभूमी गाउँपालिकामा परेको छ ।

कमेन्टहरु
Loading...