लमजुङमा एक लाख नगद सहित ७ जुवाडे पक्राउ

शिक्षा पन्त, लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरवाट १ लाख ७ हजार ७ सय ४० रुपैयाँ नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् । विहीवार बेलुकी करिब ९ बजे बेसीशहर नपा ८ नारायणथान नजिक हार जितको लागि बाजि राखी जुवा र तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेका हुन् ।

प्रहरीका अनुसार उनीहरुको साथवाट ३ बुक तास पनि बरामद गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङबाट ७ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरिक्षक जगदिश रेग्मीले जनाएका छन् ।

कमेन्टहरु
Loading...