लमजुङका महिला पत्रकारलाई लमजुङ सेवा समाज कतारद्वारा स्वास्थ्य सामग्री सहयोग

 

लमजुङका महिला  पत्रकारलाई लमजुङ सेवा समाज कतारले स्वास्थ्य सामग्री सहयोग गरेको छ । सञ्चारिका समूह नेपाल जिल्ला शाखा लमजुङको समन्वयमा लमजुङ सेवा समाज कतारले सामग्री सहयोग गरेको हो । मंगलबार बेंसीशहरमा एक कार्यक्रमकाबीच ३५ जना महिला पत्रकार तथा सञ्चारकर्मीलाई मास्क र स्यानीटाइजर लगायतको सामग्री प्रदान गरेको शाखा अध्यक्ष बसन्त भट्ट बानियाँले बताइन् ।

उनका अनुसार जिल्लामा कार्यरत क्रियाशील महिला पत्रकारलाई लक्षित गरी सामग्री प्रदान गरिएको हो । शाखाका सचिव बेलिना थापाका अनुसार लमजुङ सेवा समाज कतारको सहयोगमा १० हजार रुपियाँ बराबरको सामग्री प्रदान गरिएको हो ।

३५ जनालाई एक/एक प्याकेट मास्क, १०० एमएलको एक÷एक वटा स्यानीटाइजर प्रदान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै लमजुङ सेवा समाज कतारका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार नवराज नखोलाले विदेशमा रहेर पनि संस्था जन्मभूमिका लागि सहयोग गर्दै आएको बताए । नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले विदेशमा रहेकाहरुको संस्थाले जिल्लाका पत्रकारका लागि सहयोग गरेर राम्रो काम गरेको बताए ।

कमेन्टहरु
Loading...